पोखरा । गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा आएका छन् । पोखराका विभिन्न हलहरूमा दर्शकको चाप र कलाकार भेट्नका लागि माग आएको बताउँदै चलचित्र टिम पोखरा आएको हो ।
कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शंकर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठलगायतको टिमले पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेको थियो ।
भरिभराउ दर्शक भेटेपश्चात् निर्देशक शंकर कोइरालाले दर्शकले चलचित्रको ‘थ्रिलिङ पार्ट’लाई रुचाएको बताउनुभयो । उहाँले बुधवार सीमित शो रहेको र भएका शो हरूमा टिकट नपाउँदा हुँदा केही दर्शक फर्किन बाध्य भएको बताउनुभयो । दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गरेको देखिएको उहाँले सुनाउनुभयो ।
यो चलचित्र डिनेष्ट इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । यसमा प्रवीण खतिवडा, सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउवाला गौतमलगायतको पनि अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच