काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर ६.७ अंकले बढेर २७६६ अंकमा पुगेको छ भने २० अर्ब सात करोडको कारोबार भएको छ । यस दिन सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अघिल्लो दिन १७ अर्ब ९५ करोडको कारोबार भएको थियो । बिहीबार ७९ कम्पनीको मूल्य बढेकोमा एक सय ५९ को घटेको छ भने चार स्थिर रहेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।
उत्पादन समूह सबैभन्दा धेरै ५.८७ प्रतिशत बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य भने ८.०४ प्रतिशत घटेको छ । शिवम् सिमेन्ट र हिमालयन रिको एक-एक अर्बभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मंगलबार उच्च अंकले घटेको सेयर बजार बुधबार पुनः लयमा फर्किँदै १०८.३५ अंकले बढेको थियो । सेयर मूल्य घटे पनि मंगलबार हालसम्मकै उच्च २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार भने १७ अर्ब ९५ करोडको कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको एक अर्ब ५३ करोड सेयर खरिदबिक्री भएका थिए भने नेपाल फाइनान्स ६५ करोड ५५ लाख र सानिमा माई हाइड्रोपावरको करिब ५६ करोडको सेयर खरिदबिक्री भएका थिए । सो दिन ११ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बिमा कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, दोल्टी पावर कम्पनी, सिटी होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच