काठमाडौं । इन्द्रेणी मसरुम फर्मले सेयर जारी गर्ने भएको छ । कम्पनीले मकवानपुरको थाहा नगरपालिका १ स्थित चिल्ताङमा व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएकोे छ । कम्पनीले नेपालमा पहिलोपटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय च्याउ उत्पादन गर्ने उद्देश्यसाथ काम गर्दै आएको जनाएको छ ।
नेपालमा छरिएर रहेको कृषि व्यवसायअन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाको आकर्षणको केन्द्र बनाउन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पु¥याउने उद्देश्यअनुसार काम तथा सोसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल व्यावसायिक रूपमा पाँच प्रजातिको च्याउ खेती भइरहेको छ ।
गोब्रे ओइस्टर, शिताके, किङ ओयष्टर, गानोडर्मामध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । हाल कम्पनीले विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीबाट १४ करोड लगानी जम्मा गरी १९ रोपनीमा ११ वटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन छ सय केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ ।
निकट भविष्यमा कम्पनीले सेयर निष्कासन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुरको हेटौंडाबाट पनि व्यावसायिक रूपमा विभिन्न प्रजातिका च्याउ उत्पादन सुरु गर्नुका साथै कोल्ड स्टोर निर्माण, प्रयोगशाला निर्माण, च्याउ उत्पादनका लागि मल बिउ र सामग्री बिक्री केन्द्र, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सुप उत्पादन गर्ने लक्ष्य लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच