काठमाडौं । नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता भएको छ । साउन २२ गते भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताबमोजिम नेपाल प्रहरीअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सहुलियतसहितका विभिन्न सुविधा रहने तलब खाता खोली बैंकको नियमअनुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच