काठमाडौं । टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टाटा मोटर्सको एक्सप्रेस-टी विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकले मन पराएका छन् । नयाँ प्रविधि साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसका कारण गाडी रोजाइमा परेको कम्पनीको दाबी छ ।
एक्सप्रेस-टीमा एक वर्षको गाडी बिमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङका साथै एक लाख ६० किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टी सुविधा रहेको छ । खाडीचौरका साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि एक्सप्रेस-टीका लागि फास्ट चार्जरको व्यवस्था रहेको छ भने दुधौली कटारीमा पनि ट्याक्सीका लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच