काठमाडौं । कोका-कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ । कार्यक्रम कोका-कोला नेपालको महिला सशक्तीकरणअन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो, जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्छ । सक्षम एक्सिलिरेटर एण्ड मेन्टरसिप प्रोग्रामको आहृवान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज र जनकपुरमा उत्साही महिला सहभागीबाट रोचक विचार र व्यावसायिक योजना प्राप्त भएका थिए ।
आयोजकका अनुसार आवेदकका नवीन विचार र सफलताको सम्भावनाका आधारमा १० असाधारण फाइनलिस्ट चयन गरिएको थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि-अप स्टुडियो), प्रतिमा बस्याल (पासा-नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रिन सर्कल), सविना चौधरी (जाइका-ए-काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल) र श्रेया चोछे (चोछे- धुलिखेल) छनोट भएका थिए ।
कार्यक्रमभर फाइनलिस्टहरूले लिंग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषय समेटेर सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेसनमा भाग लिएका थिए । एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले भन्नुभयो, ‘एटेलियर कार्यक्रम र सक्षमका लागि कोका-कोलासँगको हाम्रो साझेदारीमार्फत् हामीले युवा महिला उद्यमीलाई उनीहरूको महत्वाकांक्षा वास्तविकतामा परिणत गर्ने अवसर सिर्जना गरिरहेका छौँ । महत्वाकांक्षाको प्रत्येक स्ट्रोकले व्यापार नवाचार र रूपान्तरणको नेतृत्व गर्ने सशक्त महिलाको शक्तिशाली छविमा योगदान पुर्याउँछ ।’
सुश्री रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रिन सर्कल, सुश्री श्रेया मल्ल र सुश्री शालु थापाको नेतृत्वमा रहेको पाल र सुश्री प्रतिमा बस्याल र सुश्री प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषित गरिएको छ । प्रत्येक व्यवसायले एक लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच