काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार कम्पनीको औरही शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कुल-औरही १ परिसरमा विभिन्न फलफूलका २७ बोट लगाइएको हो ।
साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउनभित्र फाइनान्सका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको कम्पनीले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत् नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडलगायतका डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच