जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका गोदाममा सिल गरेको छ। गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरी सहितको टोलीले काँचो स्याउ संकलन भएका तिला–१ रारा सेरिबजारमा रहेका छवटा गोदाममा सिल गरिएको गाउँपालिकाका उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
उपाध्यक्ष बुढाले भन्नुभयो ,‘गाउँपालिकाको निर्णय र निर्देशन विपरीत लुकिछिपी स्याउ संकलन गरेका व्यापारीका गोदाम सिल गरिएको हो । यसअघि गाउँपालिकाले सार्वजनिक सुचना मार्फत पालिकाभरीका वडामा काँचो स्याउ नटिप्न निर्देशन समेत जारी गरिएको थियो ।’
पालिकाले एक सुचना जारी गर्दै भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न र स्याउ नटिप्न आग्रह गरिएको थियो । स्याउ निर्यातको लागि व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ।
लुकिछिपी स्याउ निर्यात भइरहेको सुचना पाएपछि छवटा स्याउ भण्डार गरिएका गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो ।
राम्रोसँग स्याउ परिपक्व नहुँदै संकलन गरिएका छवटा गोदाममध्ये सबैभन्दा बढी तिला–७ का स्थानीय व्यापारी पार्वती बुढाको १३० काटुन त्यस्तै तिला–१ का गोरख बहादुर बस्नेत, तिला–२ का जग बहादुर रावत र तिला–१ का विर बहादुर रावत र नरविर बुढाका समान ४०–४० कार्टुन र तिला–९ का कमल बुढाको ३९ कार्टुनको काँचो स्याउ संकलन भएको गोदाम सिल गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो ।
तिलाका विभिन्न वडा तथा बस्तीहरूमा पालिकाको निर्णय विपरीत स्याउ संकलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिवी घर्ती मगरले जानकारी दिनुभयो ।कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सुचना मार्फत काँचो स्याउ बजारमा निर्यात नगर्न जिल्लाका किसान र व्यापारीलाई निर्देशन समेत दिएको कार्यालयले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच