भोजपुरमा आत्महत्या न्यूनीकरणका लागि डिएसपीको संयोजकत्वमा समिति गठन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा आत्महत्याका घटनाहरुमा बृद्धि हुँदै जान थालेपछि सचेतना बढाउने निर्णय गरिएको छ । जिल्ला तहमा आत्महत्याको घटनालाई निरुत्साहित गर्दै सचेतना बढाउने उद्देश्यका साथ सरोकारवाला निकायहरु रहने गरी भोजपुरका प्रहरी प्रमुखको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको तथ्यांकअनुसार भोजपुरको तीन आर्थिक बर्षमा एक सय ४८ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष २०७८/०७९ मा ४९ जना, ०७९/०८० मा ४८ जना र ०८०/०८१ मा ५१ जना गरी एक सय ४८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमिल्सिनाले बताउनुभयो । जसमा विष सेवन गरी छ जनाले आत्माहत्या गरेका छन् भने अन्यले झुण्डिएर आत्महत्या गरेका छन् ।

आत्माहत्याको मुख्य कारणमा डिप्रेशन, प्रेममा अनैतिक सम्बन्ध, पारिवारिक द्वन्द्व, लागुपदार्थको सेवन जस्ता देखिएको प्रहरीले जनाएको छ । भोजपुरमा आत्महत्याका घटना बढ्दै जान थालेपछि आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

भोजपुरका प्रमुख प्रहरी डिएसपी तिमिल्सिनाको संयोजकत्वमा १८ सदस्सीय समिति गठन गरिएको हो । समितिले आत्महत्या न्यूनीकरण गर्न विभिन्न खालका सचेतनामुलक कार्यक्रम, मनोपरामर्श जस्ता कार्यहरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?