काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणमा भएको उपलब्धि सार्वजनिक गर्नुभएके छ ।
कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले शुक्रबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोमा अहिले उल्लेख्य नाफा कमाएको बताउँदे उहाँले भन्नुभयो। ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले। ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।'
उहाँका अनुसार ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० मा क्रमश : ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको उहाँले बताउनु भयाे । यस्तै आ.व. २००/८१ को मूल्याङ्कनको क्रममा रहेको उहाँले उल्लेख गर्नुभयाे ।
आफू २०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त भएको बताउँदै उहाँले अहिले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको उल्लेख गर्नुभयो ।
आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र भएको बताउँदै उहाँले तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको उहाँले दाबी गर्नुभयो ।
यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको र अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको उहाँले बताउनु भयो ।
कार्यकारी निर्देशकमा नियुक्ति भएको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच