भोजपुर । परम्परागत देखि चल्दै आएको लाखे नाच जोगाउन भोजपुरमा युवाहरु सक्रिय बनेका छन् । आफनो रितीरिवाज जोगाउन युवाहरुको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सवै समुदायको सहभागितामा भोजपुरमा परम्परागत नाच जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताउनुभयो ।
नागपञ्चमीको दिनबाट सुरु हुने परम्परागत लाखे नाच भोजपुरमा पनि बिधवतरुपमा सुरु भएको छ । नेवारी समुदायको बसोबास रहेको क्षेत्रहरुमा यो परम्परागत लाखे नाच निकालिने गरिएता पनि अहिले यो सामुहिक परम्परा जस्तै भएको छ । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि सुरु भएको युवा बिकल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “बिगतको परम्परागत संस्कृतिहरुलाई निरन्तरता दिने कार्य अव युवाहरुले गर्नु पर्छ ।” केही ठाउँहरुमा गठे मङ्गलबाट नै लाखे नाच सुरु हुने भएपनि भोजपुरमा भने नागपञ्चमीबाट मात्र नचाउने प्रचलन रहेको अभियन्ता विनम श्रेष्ठले बताउनुभयो ।
स्थानीय युवाहरू परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र सम्वर्धनमा लागेको श्रेष्ठले बताउनुभयो । भोजपुरमा रहेका स्थानीय मठमन्दिरहरुको पुजा अर्चना गरी लाखे नाच सुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो । लाखे नाच अर्थात् विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहदै आएको छ ।
परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेनाका लागि युवाहरुलाई प्रशिक्षण समेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताल र शुरका बिषयमा समेत युवाहरुले सिकाइने गरिएको स्थानीयको भनाई छ । नेपालीहरुको कला, संस्कृति, पराम्पराको संरक्षण गर्दे लाखे नाच संरक्षणमा पनि सवै जुटनु पर्ने भोजपुरेको माग रहेको छ ।
भोजपुर नगरपालिका भित्र बजारका साथै पानीट्यांकी, टक्सार, डाँडागाउँ, बोखिम दाँवा लगायतका क्षेत्रहरुमा लाखे नाच नचाउने गरिन्छ भने जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका बिभिन्न वडाहरुमा समेत लाखे नाच नचाउने परम्परा रहदै आएको छ ।
नागपञ्चमीका दिनबाट सुरु लाखे नाच कृष्ण जन्माष्टमीको भोलीपल्ट कृष्णले कंसलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहदै आएको स्थानीय नवीन प्रधानले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच