काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रिपरिषद्मा आवश्यकता भन्दा बढी सदस्य राखेको भन्दै जनमतले स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री सिंह जनमत पार्टीबाट मुख्यमन्त्री हुनुहुन्छ ।
उहाँले गत मंगलबार प्रदेश सरकारमा ५ जना राज्यमन्त्री थपेर प्रदेश सरकारलाई २० सदस्यीय बनाएसँगै विरोध सुरु भएको छ। आलोचना हुन थालेपछि जनमतले मुख्यमन्त्री सिंहलाई आज स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत छ ।
मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक(एक जना गरी पाँच राज्यमन्त्री थप गर्नुभएको थियो ।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।
सामाजिक सञ्जालमा चर्को विरोध भएपछि जनमतका अध्यक्ष राउतले केहीदिन अघि यो जनमत मात्रको सरकार नभएकाले यस्तो हुन गएको बताउनु भएको भएको थियो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो.....
बुझ्नुपर्छ : यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन
गठबन्धन र खासगरी दुई ठुला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने्र यसमा हाम्रो केही चल्दैन किनकि जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ्र त्यसैले हामीले चाहेर मात्र हुँदैन्र
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच