ओखलढुंगा। ओखलढुंगा जिल्लाका गरिब असहाय तथा विपन्न नागरिकको निशुल्क शल्यक्रिया हुने भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)ले ओखलढुंगा जिल्लाका शल्यक्रिया गर्नुपर्ने गरिब, असहाय तथा विपन्न नागरिकको नि:शुल्क शल्यक्रिया गरिदिने भएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिद्धिचरण नगरपालिका नगरप्रमुख तेजन खनाल र काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडबिच यस्तो सम्झौता भएको हो । ओखलढुंगा जिल्लाका नागरिकहरुको रोगको स्पष्ट पहिचान भई शल्यक्रिया गर्नुपर्ने तर आर्थीक अभावका कारण शल्यक्रिया गर्न नसकिरहेका ओखलढुंगेलीको निःशुल्क शल्यक्रिया गरिदिने सम्झौता भएको छ ।
काठामाडौं मेडीकल कलेज काठमाडाैँका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेको पत्र साउन २५ गते नेपाली कांग्रेस ओखलढुंगाका सभापति एवं सिद्धिचरण नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) लाई लिखित पत्र बुझाइएको छ ।
पत्रमा भनिएको छ; ‘तपाँईको अनुरोधमा यस काठमाण्डौ मेडीकल कलेज पब्लिक लिमिटेडले त्यस नगरपालिका लगायत ओखलढुंगा जिल्ला भित्रका विपन्न, गरिब असहाय नागरिकहरुको रोगको स्पष्ट पहिचान भई शल्यक्रिया गर्नुपर्ने र अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने विरामीहरुलाई तपाईबाट सिफारिस भई आएअनुसार २०८१ असोज १ गतेका दिन अस्पताल सेवासहित निशुल्क शल्यक्रिया सेवा प्रवाह गरी उपचार दिने ब्यहोरा जानकारी गराउँदछु ।’
साथै बिरामीले औषधी तथा खानेबस्नेको ब्यवस्था भने आफैले गर्नुपर्नेछ । केहि समय अघि डा. सुनिल शर्मा ओखलढुंगा आएको बेलामा मेयर खनालले निशुल्क उपचार तथा शल्यक्रिया गरिदिन आग्रह गर्नुभएको थियो । सोही आग्रहलाई मध्यनजर गर्दै निशुल्क शल्यक्रिया गर्ने सहमति भएको सभापति खनालले बताउनु भयो । शल्यक्रिया गर्न तेजेन्द्र खनालको सिफारिसमा गएका ओखलढुंगाका विरामीहरुलाई निशुल्क शल्यक्रिया गरिने बताएका छन् । साउन २५ गते शुक्रबार अस्पतालको तर्फबाट डा. सुनिल शर्माले सभापति तेजन खनाल जिल्ला सचिव अजय लुइटेल सहसचिव भोजकुमार श्रेष्ठलाई पत्र बुझाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच