पेरिस । मोरक्को पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा तेस्रो भएको छ । बिहीबार राति तेस्रो स्थान अर्थात् कांस्य पदकका लागि भएको खेलमा मोरक्कोले इजिप्टलाई ६-० ले पराजित गरेको हो ।
ओलम्पिकमा मोरक्कोले जितेको यो पहिलो पदक हो । सेमिफाइनलमा मोरक्को स्पेनसँग र इजिप्ट फ्रान्ससँग पराजित भएका थिए । २३औं मिनेटमै अब्दे इज्जलजौलीले गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । २६औं मिनेटमा रहिमीले उक्त अग्रता दोब्बर बनाउनुभयो ।
५१औं मिनेटमा बिलाल खनौसले अग्रता ३-० मा पुर्याउनुभयो । त्यसको १३ मिनेटपछि रहिमीले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्नुभयो । ७३औं मिनेटमा अक्रम नकचले गोल गर्नुभयो । ८७औं मिनेटमा अचराफ हाकिमीले गोल गर्दै ६-० को जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच