काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफका लागि नेपाली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानकारी गराएको हो । क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यसले दर्शकहरूको उपस्थिति उल्लेख्य रहने विश्वास व्यक्त गर्नुभयो ।
‘रंगशाला अन्तर्राष्ट्रिय अप्रुभल पछि लामो ग्यापपछि खेल हुँदैछ । समर्थकको उत्साहजनक सहभागिताको आशा छ । नेपाली टिमले राम्रो गर्ने विश्वास लिएका छौं’, उहाँले भन्नुभयो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताउनुभयो । ‘हामीले साउन १ देखि ट्रेनिङ गरिरहेका छौं । छोटो समयको तयारी भए पनि म टिमबाट सन्तुष्ट छु । आशा छ हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ’, उहाँले भन्नुभयो । महर्जनले भुटानी टोली पारो एफसीको टिम पनि राम्रो रहेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो । चर्च ब्वाइजले अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
उक्त खेलका लागि साधारण प्याराफिटतर्फको टिकट दुई सय र भिआइपी प्याराफिटको टिकट पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । यस खेलसँगै दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता पनि फर्किएको छ । प्लेअफको विजताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच