सिड्नी । अष्ट्रेलियामै बसोवास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले विभिन्न विधामा सात पदक जितेका छन् । मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा उनीहरूले पदक जितेका हुन् । न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले दुई रजत पदक र पाँच कास्य पदक जितेका हुन् ।
दिवस श्रेष्ठले ८४ केजीमाथिको तौल समूह र टिम कुमुतेमा रजत पदक जित्नुभयो । टिम कुमुतेमा रजत जित्नुभएका नविन रसाइलीले ६७ केजीमुनि तौल समूहमा कास्य हात पार्नुभयो । मलिका थापाले ५५ केजीमुनि, मनिष थापा र विजय श्रेष्ठले समान ६० केजीमुनि र राजकुमार रसाइलीले ७५ केजीमुनि तौल समूहमा कास्य प्राप्त गर्नुभयो ।
एनएसडब्लु राज्य अष्ट्रेलियाबाट सहभागी भएकामध्येबाट सुजन श्रेष्ठमात्रै पदकविहीन बन्नुभयो । च्याम्पियनसिप भिक्टोरिया राज्यको मेलवर्नस्थित जिलोङमा २ देखि ४ अगस्टसम्म सञ्चालन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच