काठमाडौं । हास्य व्यंग्यमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ । काठमाडौंमा रहेको जनता टेलिभिजनको हलमा एक कार्यक्रमबीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो । रेस्क्यु क्रियशनले निर्माण गरेको ‘कमेडी फर करियर’ भन्ने नारासहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ ।
देशभरबाट डिजिटल अडिसनमार्फत् आएका प्रतियोगीबाट टप २० छान्ने र उनीहरूलाई एक वर्षका लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीले बताउनुभयो । मासिक तलबमा काम गर्ने रोजगारी सिर्जना गर्ने उद्देश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो ।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फम्र्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन हुने उहाँले बताउनुभयो । लोगो तथा प्रोमो सार्वजनिक कार्यक्रममा ‘कमेडी किरो राष्ट्रको हिरो’ निर्माण गर्न सहयोग गर्ने संस्थाहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरैजनाले रोजगारी पाउने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन कमेडियन दिनेश काफ्लेले गर्नुहुनेछ । कार्यक्रममा सहभागीहरूलाई सन्तोष खनाल, सुदिप खतिवडा, सरोज भण्डारीले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नुहुनेछ ।
लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य, म्युजिक नेपालका प्रतिनिधि मन्दिरा ढुंगेललगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच