काठमाडौं । गायक तथा संगीतकार नारायण थापाले आफ्नो जन्मदिनका अवसरमा वृक्षारोपणका साथै नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँले सिद्धेश्वर मन्दिर परिसर कपन, बुढानीलकण्ठमा बृहत् वृक्षारोपण गर्नुका साथै नयाँ गीत ‘आज मृत्युले मलाई छोएर गयो’ सार्वजनिक गर्नुभएको हो । उहाँको स्वर र संगीत रहेको गीतलाई बिबी थापाले लेख्नुभएको हो । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान काठमाडौंको आयोजना तथा आभूषण इन्टरटेनमेन्ट र आभूषण फाउण्डेसन काठमाडौंको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंको अध्यक्षतामा प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका प्रमुख मेयर मिठाराम अधिकारी, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका महासचिव तथा संगीतकार दीपक शर्मा, कोषाध्यक्ष नारायण थापा, गायक तथा संगीतकार योगेन्द्र उपाध्याय, साउण्ड इञ्जिनियर मनोज परियार, मोडल प्रतीक्षा काफ्ले, गायक तथा सञ्चारकर्मी प्रमोद डिजी र स्थानीयको वृक्षारोपण कार्यक्रममा सहभागिता थियो ।
वृक्षारोपण गर्दा वातावरणमा स्वच्छता आउने र अहिले भइरहेको जलवायुु परिवर्तनमा पनि केही सकारात्मक असर पार्ने भएकाले राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका कोषाध्यक्ष गायक नारायण थापाको संयोजकत्वमा थापाको जन्मदिनको अवसर पारी बृहत् वृक्षारोपण कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष बजगाईंले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच