काठमाडौं । नेपाली गीत संगीतमा आफ्नै राजमार्ग बनाएर हिँडिरहेको नाम हो अशोक पुर्बछाने मगर । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ स्थायी घर हुनुभएका अशोक काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शक पस्किरहनुभएको छ । २०५१ सालको भदौ १० मा जन्मिनुभएका उहाँले अहिलेसम्म आउँदा थुप्रै गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।
श्री सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी गर्नुभएका उहाँले प्रमाणपत्र तहको अध्ययन विजय स्मारक उच्च माध्यमिक विद्यालयबाट गर्नुभएको हो । उहाँ विगत छ वर्षदेखि सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । नेपाली लोक संगीतको विशेषतः लोक र दोहोरी गीतको क्षेत्रमा उहाँले आफ्नो विशिष्ट र उत्कृष्ट योगदान पुर्याउँदै अगाडि बढिरहनुभएको छ ।
अशोकको परिवारमा उहाँका पिता पूर्णबहादुर पुर्बछाने मगर र माता फूलमाया पुर्बछाने रहनुभएको छ । जसको संगीतप्रतिको लगाव र समर्थनले उहाँको सांगीतिक यात्रा थप बलियो र प्रभावशाली बनाएको छ । अशोकका गीतहरू र सांगीतिक प्रतिभाले उहाँलाई नेपाली लोक संगीतको क्षेत्रमा महत्वपूर्ण स्थान दिलाएको छ । परिवारको प्रेरणा र अडिग समर्थनले गर्दा उहाँको सांगीतिक यात्रा अझ सशक्त, समृद्ध र प्रभावशाली भएको छ । अशोकको परिश्रम, समर्पण र संगीतप्रतिको अडानले गर्दा सांगीतिक उडानमा उहाँलाई सफलता हात लाग्दै गएको छ ।
अशोकले गाएका अधिकांश गीतहरू जनसमुदायमा अत्यन्तै लोकप्रिय भएका छन्, जसले उहाँको सांगीतिक करियरलाई विशेष उल्लेखनीय स्थान प्रदान गरेको छ र उहाँले विभिन्न एल्बमहरू पनि बजारमा ल्याइसक्नुभएको छ ।
गाउँघरमा आयोजना हुने देउसीभैलो र स्कुलका सांस्कृतिक कार्यक्रमले उहाँलाई गीतसंगीतको क्षेत्रमा लाग्न प्रेरणा प्रदान गरेको र उहाँले यस क्षेत्रको विकासमा योगदान पुर्याउने सबैलाई धन्यवाद अर्पण गर्दै यस क्षेत्रको समृद्धिमा थप ऊर्जा प्राप्त भएको अनुभव व्यक्त गर्नुभएको छ ।
भविष्यमा पनि अशोक पुर्बछाने मगर यसै सांगीतिक क्षेत्रमा रहन र अझ प्रगति गर्नका लागि दृढ योजनामा हुनुहुन्छ, जसका कारण उहाँका गीतहरू दर्शक र श्रोतामाझ अत्यन्तै मनपराइएको छ । यो क्षेत्रमा पुर्याएको योगदान स्वरूप उहाँले सम्मान पत्र, कदरपत्र, प्रशंसापत्रलगायतका पुरस्कार र सम्मान प्राप्त गर्दै आइरहनुभएको छ । यस्तै, उहाँ विभिन्न मेला महोत्सव र स्टेज कार्यक्रमहरूमा व्यस्त पनि रहँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच