काठमाडौं । चलचित्र ‘एञ्जिला’को सिनेमाघरमा आउने मिति सारिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो चलचित्र पहिला माघ ११ मा रिलिज गर्ने तय भएकोमा अब फागुन २९ गतेदेखि सिनेमाघरमा आउने भएको छ । निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको जानकारी गराउनुभयो ।
चलचित्रमा एञ्जिला स्वयं मुख्य भूमिकामा देखिनुहुने छ, साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय चलचित्रमा छ । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ ।
चलचित्रको छायांकन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ । निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गर्नुहुन्छ । चलचित्र एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथामा आधारित छ, जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । यद्यपि, यो चलचित्र ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको निर्देशकले स्पष्ट पार्नुभयो ।
चलचित्रमा डिओपी सुदीप बराल र सम्पादन मिलन श्रेष्ठको छ भने मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले यसलाई निर्माण गर्नुभएको हो । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता रहेको चलचित्रमा विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच