काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले साउनमै दशैँ कार्यक्रम ल्याएको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचिलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरका शोरुमा साउन २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, तीन वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायत सुविधा प्राप्त गर्न सकिनेछ । साउनमै दशैँ कार्यक्रममा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच