काठमाडौं । चर्चित क्रिकेटर आसिफ शेख टेक्नो नेपालको ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । आफ्नो नवीन शैली र पहुँचका कारण प्रतिष्ठित टेक्नो ब्राण्डले प्रसिद्ध नेपाली क्रिकेट र तथा युवा आइकन आसिफलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
आकर्षक प्रस्तुति साथ सुरु भएको उक्त कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धता उजागर गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, र क्यानका सचिव पारस खड्काको पनि उपस्थिति थियो ।
युवा र ऊर्जावान खेलाडीका रूपमा चिनिनुभएका आसिफले टेक्नोको उल्लेखनीय प्रदर्शन र ‘स्टप एटनथिङ’ को भाव दर्शाउनेमा टेक्नो विश्वस्त रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टेक्नोको नेपालका सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १० प्रतिशत बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौँ शीर्ष ब्राण्ड हो । टेक्नोको नेपालभरका ५० सेवा केन्द्र रहेका छन् भने सयदिने रिप्लेसमेन्ट वारेन्टीसमेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच