काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस-२०८१ का अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरूप चार दशक पहिला कार्यक्रम सुरु भएको बताउनुभयो । उहाँले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरूले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताउनुभयो । उहाँले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरू, सफलताहरू विश्वमा नै उदाहरणीय रहेको जिकिर गर्नुभयो ।
उहाँले सामुदायिक वनलगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गर्नुभयो । कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरूप चार दशक पहिला सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरूले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् । करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएका छन् । नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरू, सफलताहरू विश्वमा नै उदाहरणीय छन् । सामुदायिक वनलगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको छ । यस कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको छ । यो उपलब्धि र सफलता हामी सबैको सामूहिक प्रयासबाट मात्र सम्भव भएको हो ।’
वनमन्त्री ठकुरीले सामुदायिक वनको व्यवस्थापनबाट स्थानीय समदुायको वन पैदावरको व्यवस्थापन र आवश्यकता पूरा गरी जीविकोपार्जन सुधारका साथै उत्पादनमुखी वन व्यवस्थापन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने र राष्ट्रिय समृद्धिमा योगदान पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समुदायमा आधारित बनाउन सके मात्रै वनको संरक्षण हुन्छ : रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले समुदायमा आधारित बनाएमात्रै वनहरूको संरक्षण हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामुदायिक वनमा आधारित भएर वन जंगलको संरक्षण हुने जिकिर गर्नुभयो । उहाँले सामुदायिक वनहरूको सुरक्षा गर्ने नीति अवलम्बन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समुदाय जस्तै वन जंगलको पनि संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले घाँस, दाउरा र काठको उपयोगका लागि मात्रै नभई जनजीवनमा पर्ने प्रभावलाई हेरेर वन जंगलको संरक्षण गर्नुपर्ने बताउनुभयो । वनजंगलको संरक्षणसँगै पर्यटनको विकास हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘वनहरू समुदायमा आधारित बनाउँदा मात्रै वनहरूको संरक्षण हुन्छ । सामुदायिक वनमा आधारित भएर मात्रै अहिलेसम्म हामीले गरेका क्रियाकलापहरूमा मेरा केही टिप्पणी छन्, सुझावहरू छन् । हाम्रा सामुदायिक वनहरूको सुरक्षा गर्ने नीति अब अवलम्वन गर्न जरुरी छ । हामीले यसो नगरे धेरै नै नोक्सान हुनेछ । पशुजन्य जीवजन्तुहरू मानिसको खेतीबालीमा आउनेछन् । अब हाम्रो समुदाय जस्तो छ, हाम्रो प्रकृति पनि त्यस्तै छ । तर, जस्ताको त्यस्तै राख्नुपर्छ । हामीले यस्ता कुराहरू जस्ताको त्यस्तै संरक्षण गरेर अघि बढ्नुपर्छ । हामी घाँस दाउराको व्यवस्थापनका लागि मात्रै होइन, काठका लागि मात्रै होइन, प्राकृतिक फलफूल पनि सँगै संरक्षण गरेर जानुपर्छ । यसले नै प्रकृतिमय वनजंगलको संरक्षणसँगै पर्यटनको विकास हुन्छ ।’ रक्षामन्त्री राईले वनजंगलमा रहेका अहिलेका बोटबिरुवाको संरक्षणमात्रै गर्न सके पनि पर्याप्त हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच