सनातन धर्म संस्कृतिको सच्चा उत्तराधिकारीमध्येको एक नेपाल करिब दुई दशकअघिसम्म विश्वको एकमात्र हिन्दु राष्ट्र थियो । देवभूमि र तपोभूमिको रूपमा प्रसिद्ध नेपालमा हाम्रा ऋषि-मुनि र सन्त-ज्ञानीहरुले तपस्या गरे, उत्कृष्ट रचना पनि गरे । भनिन्छ, महाऋषि व्यास पनि लामो समयसम्म नेपालमा तपस्या गरेका थिए । भगवान गौतम बुद्धको त यो जन्मस्थल नै रहेको छ । जगदजननी जानकीको राजधानी जनकपुर पनि नेपालमै रहेको छ । भगवान पशुपतिनाथको नगरी काठमाडौं विश्वकै हिन्दु र ओमकार परिवारका समस्याहरुको निम्ति आस्थाको केन्द्र रहिआएको छ तर विगत दुई-साढे दशकमा नेपालीहरु आफ्नो धर्म-संस्कृतिको भइरहेको उपेक्षावाट भरसक अनभिज्ञ छन् । आफनो धर्म संस्कृति र पहिचान गुमाउनेले अन्ततः सबै थोक गुमाउन पुग्दछ भन्ने कुरा पनि हामीले बुझनु आवश्यक छ ।
लोकतान्त्रिक शासन प्रणालीमा सबैसित एक समान व्यवहार हुनुपर्दछ । संविधानप्रदत्त अधिकारको उपयोग पनि सबैले गर्न पाउनुपर्दछ तर कुनै खास धर्मका लागि विशेष महत्व अथवा अवसर दिनु उचित हुँदैन, खास गरिकन तब, जबकि त्यो नेपालको निम्ति सर्वथा नौलो हो । नेपालका राजनीतिक दलका नेताहरुलाई मन्दिरमा प्रवेश गर्न लाज लाग्छ । भगवानको प्रसाद ग्रहण गर्न लाज लाग्छ तर अन्य धर्मावलम्बीको धर्मस्थल जान गर्वको अनुभूति हुन्छ । इसाई धर्म प्रचारक संस्थाको रूपमा ख्यातिप्राप्त फिलिपिन्सको युनफिकेसन चर्चका प्रमुख पादरीको स्वागत र सम्मानमा नेपालका प्रायः सबैजसो राजनीतिक दलका प्रमुख नेता र कार्यकर्ता सहभागी थिए ।
केही वर्षअघि नेपालका केही क्रिस्चियन संगठनहरुले पशुपतिनाथ मन्दिरको परिसर क्षेत्रमा आफ्नो निम्ति पनि छुट्टै जग्गाको माग गरेका थिए । पशुपतिनाथको मन्दिरका लागि सैयौं र हजारौं वर्षअघि छुट्याइएको जग्गामा अन्य धार्मिक संगठनले दाबी गर्नु दुर्भाग्यपूर्ण हो ।
चर्च प्रमुखले ग्रहण गरेको ‘होली वाइन’ लाई सबैले ग्रहण गरे । यदि नेपाल जस्तो देशमा जहाँ सनातन धर्म संस्कृतिलाई मान्नेहरुको संख्या बढी छ, त्यहाँका प्रमुख राजनीतिक दलका नेताहरु नै चर्चका प्रमुखसित भेटन जान्छन् र ‘होली वाइन’ ग्रहण गर्दछन् भने यसले त धर्म परिवर्तनलाई नै बढावा दिनेछ यसबाट समाजमा कटुता र द्वन्द्व नै बढ्नेछ । सनातन धर्म संस्कतिलाई मान्नेहरु नेपालमा हिन्दु र बुद्ध धर्मबाट इसाई धर्ममा प्रवेश गर्नेहरु केवल पैसाको लोभमा मात्रै गएका छन् । केही वर्षपछि तिनको उपादेयता त्यस धर्ममा सकिएपछि धर्म परिवर्तन गर्नेहरु खास गरिकन गरिब र निम्न मध्यम वर्गीय दूधबाट झिँगो निकालेर फालिए जस्तै फालिन्छन् ।
केही वर्षअघि नेपालका केही क्रिस्चियन संगठनहरुले पशुपतिनाथ मन्दिरको परिसर क्षेत्रमा आफ्नो निम्ति पनि छुट्टै जग्गाको माग गरेका थिए । पशुपतिनाथको मन्दिरका लागि सैयौं र हजारौं वर्षअघि छुट्याइएको जग्गामा अन्य धार्मिक संगठनले दावी गर्नु दुर्भाग्यपूर्ण हो । मकवानपुरका टोलटोलमा साना-साना चर्च बनेका छन् । पूर्व-पश्चिम राजमार्ग, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा हिन्दु र बुद्ध धर्मबाट इसाई धर्ममा प्रवेश गर्नेहरुको संख्या बढी छ । मकवानपुरको एउटा गाउँस्थित शिव मन्दिरमा पूरै टोल धर्म परिवर्तन गरी इसाई बनिसकेकाले त्यस शिव मन्दिरमा बिहान जलार्पण गर्ने र दिनहुँ पूजा गर्ने हिन्दु नै भेटिएनन् ।
युरोप र अमेरिकाको नक्कल गर्ने क्रममा हामी आफ्नो धर्म संस्कृतिलाई बिर्संदै गएका छौं । एउटा नेपालीले आफ्नो घाटीमा छातीमा जतिसुकै क्रस लगाए पनि त्यसको पहिचान भनेको पुरानो रहनेछ, नेपालमा एनजिओ चलाएका अमेरिकी र पश्चिमाहरुले नेपालका सयौं र हजारौं एनजिओसित समन्वय गरी तिनलाई आफ्नो विश्वासमा लिए । तिनीहरुमा अधिकारको भोक जगाए र अन्ततः धर्ना, जुलुस गर्नमा पारङ्गत बनाए ।
आर्थिक प्रलोभन र सामाजिक उत्थानरूपी माकुराको जालमा धर्म परिवर्तनको रणनीतिलाई निकै लामो समयदेखि हाम्रो देशमा प्रयोग भई आएको छ, जुन हाम्रो निम्ति ठूलो चुनौती रहिआएको छ । धर्म परिवर्तनका घटना पञ्चायती व्यवस्थामा पनि हुन्थ्यो तर ती घटनाहरु लुकिछिपी र डराई-डराई हुने गर्दथ्यो । धर्म परिवर्तन गराउने कार्यमा सक्रिय भएकाहरुलाई कठोर सजाय दिइन्थ्यो तर वर्तमान अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेकै नेताहरुले अनगिन्ति एनजिओ खोलेका छन् । धर्म परिवर्तन गराउने आईएनजिओलाई पनि चिन्न सकेका छैनन् ।
नेपालमा धर्म परिवर्तनका घटना हुनुमा क्षणिक आर्थिक लोभ नै प्रमुख कारण हुने गर्दछ । धर्म परिवर्तिनका घटनाका शिकार भएकामध्ये अधिकांश कुनै न कुनै कारणले बहिष्करणमा परेका, सामाजिक भेदभावका सिकार भएका र आर्थिक रूपले कमजोर भएका नै हुने गर्दछन् तर यी वर्गका व्यक्तिलाई संरक्षण प्रदान गर्नु हामी सबैको दायित्व हो । धर्म परिवर्तन गरेर यिनीहरु अन्य धर्ममा गए पनि त्यहाँ झन् बढी भेदभाव र उत्पीडनका शिकार हुन्छन् ।
धर्म परिवर्तनभित्रको निहित स्वार्थ केवल धार्मिक विश्वासलाई प्राथमिक लक्ष्यको रूपमा परिवर्तन गराउनेसम्म मात्रै सीमित रहँदैन । वास्तविकता त यो पनि हो कि धर्म परिवर्तन प्रायः पन्थ विशेषद्वारा आफ्नो जनसंख्या बढाएर सबै क्षेत्रलाई प्रभावित गर्ने उद्देश्यले गर्ने गरिन्छ । कालान्तरमा यसको उपयोग राजनीति एवं सामाजिक स्तरमा दबाब समूहको रूपमा गरिन्छ, ताकि आफ्नो चाहनानुसारको व्यवस्था कायम गराउन सकियोस् । मुसलमानहरु आफ्नो ईश्वर (अल्लाह)को उपहार भन्दै सन्तान उत्पादनमाथि रोक लगाउँदैनन् र आफ्नो जनसंख्या बढाउँछन्, परिणाम स्वरूप यिनको संख्यामा गुणात्मक वृद्धि हुने गर्दछ ।
तीव्र गतिमा जनसंख्या वृद्धिको असर चुनावमा हुन्छ र कालान्तरमा गएर राजनीतिमा पनि यिनीहरु निर्णायक ठाउँमा पुग्दछ । जनसंख्या नियन्त्रणको नीति प्रभावकारी रूपमा र एक समान हुनुपर्दछ ताकि राज्यले प्रदान गर्ने सुविधाको वितरण एक समान र सहज हुन सकोस्, एक–दुई वर्षअघि जनकपुर धामको सयौं वर्ष पुरानो बाह्र बिगाहा मैदानलाई सार्वजनिक जग्गा भन्दै स्थानीय मुस्लिम संगठनले त्यसमा आफ्नो हक दाबी गरेका थिए ।
विसं २०५० सालतिर भद्रपुर नगरपालिकाका तात्कालीन मेयरले अनेकौं बङ्गलादेशीलाई नेपालको नागरिकता दिलाउनमा सहयोगीको भूमिका निर्वाह गरेको विषय चर्चामा आएको थियो । विसं २०६३ सालमा जन्मको आधारमा नागरिकता वितरण भएकामध्ये बढी संख्या झापा, मोरङ्ग र सुनसरीतिर थिए, झापाको सिमाना बाङ्गलादेबशको सिमानाभन्दा खासै टाढा छैन । भुटानी शरणार्थीका कारण दशकौंसम्म नेपाललाई समस्या भएको थियो । म्यानमारमा रोहिंग्या शरणार्थीमाथि उत्पीडन हुँदा उनीहरु त्यहाँबाट धपाइएपछि बङ्गलादेश, भारत र नेपाल आउने सम्भावना बढी हुन्छ ।
काठमाडौंको कपन क्षेत्रमा रोहिंग्या शरणार्थीहरु सयौंको संख्यामा रहेको विषय चर्चामा छन् । प्रशासनले तिनीहरुको सूची पनि बनाएको हुनुपर्छ । बङ्गलादेशमा जारी तरल राजनीतिक अवस्थामा त्यहाँबाट रोहिंग्या शरणार्थी र मुसलमानहरु भारत अथवा नेपालकै झापा, मोरङ र सुनसरी सीमाबाट नेपाल आउने सम्भावना रहन्छ । हिन्दुहरु हतपती आफ्नो मातृभूमि छोडेर अन्त जाँदैनन् । नेपालमा रोहिंग्या शरणार्थी अथवा बङ्गलादेशी नै आयो भने पनि यो नेपालको निम्ति घातक नै सावित हुनेछ ।
नेपालले यस दिशामा गम्भीर भएर ध्यान दिनुपर्छ । नेपालमा पर्सनल ल बोर्ड, मदरसा बोर्डको गठन र मदरसा शिक्षाको मान्यताको माग चर्को रूपमा उठ्नेछ, उठिरहेको छ, यसले भविष्यमा समस्या निम्त्याउनेछ । बङ्गलादेशको घटना धार्मिक, जातीय आक्रामकता र उन्मादको परिणाम हो । यस्तो सम्भावना छैन तर नेपाल सतर्क हुनु आवश्यक छ । पर्सनल ल बोर्डको माग भनेको आफूलाई र आफ्नो धर्मलाई देशको संविधानभन्दा माथि ठान्नु हो । एउटा देशमा दुईवटा संविधान कसरी हुन सक्दछ ? नेपालले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच