✍️ कलानिधि दाहाल
जागृत चेतना जन्मनुअघिसम्म जन्मेको बालक आफैँमा बेइमान हुन्छ । नीच हुन्छ । स्वार्थी हुन्छ । यो कुरा पूर्वीय दर्शनले मान्दैन । पाश्चात्य जगत्का ज्ञान, विज्ञान, कला, साहित्य र दर्शनका पहिला शिरोमणि सुकरातले आफ्नै जीवनका पेरीफेरीमा इसापूर्व चारसय वर्षअघि नै स्थापना गरेको दर्शन हो यो । सतही जीवनको जडताबाट निकै पर पुगेर जीवनको गहिराइमा सच्चाइको खोज गर्ने हो भने त्यस मनोलोकले यस तथ्यलाई इन्कार्न सक्दैन । खोज्नु पनि आफैँमा जडताको छायाँ जीवित रहनु ठहर्छ । सामु देखिने तथ्य हो- बालक भोक लागे रुन्छ, निद्रा लागे चिच्याउँछ ।
भोकमा खाना, निद्रामा सजिलो ओच्छ्यान नपाए ऊ च्याँठिन्छ- अहंको च्याँठ, अहङ्कारको हुङ्कार । यस्ता बालमनोलोकलाई निस्वार्थ, कञ्चन, पवित्र, दैवी शक्तिको अनुहार मान्ने हाम्रा पुर्खाहरू कति अन्ध मनोलोकमा बाँचेका रहेछन् ? स्पष्ट छ । तिनले मानेका देवी देवताका चेहरा कति खल्ला, कति अवास्तविक र कति अयथार्थमा रहेछन् भन्ने पनि यसबाट नै स्पष्ट हुन्छ ।
राजनीतिमा लाग्ने मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको सपनामा केन्द्रित भएर अघि सर्छ । अन्तिम लक्ष्यको नतिजा प्राप्त भयो असल श्रेणीमा । मख्ख पर्छ ऊ । लड्डुमिठाइको भोज लगाउँछ तिनै लण्ठकहरूलाई जो भ्रमका खेतमा मूर्खताका कोदाली हल्लाएर आली लगाइरहेका छन् ।
यसै परम्पराका थोत्रा खोल ओढेर, यसलाई नै विश्वासको गाँस बनाएर जीवनका सास फेर्ने वर्तमानमा विद्यमान हाम्रो समाज कति अँध्यारामा छ ? यसको अर्को उदाहरण नै आवश्यक छैन । यिनै मान्यतालाई शिरमा राखेर अगाडि बढ्ने राजनीतिका नेताहरू, धर्मको व्याख्या गरेर पहेँलो वस्त्र धारण गर्दै प्रवचनका आसन ओगट्ने पण्डापण्डीहरू, यिनकै प्रवचन सुन्न भिड लाग्ने भेडाजमातका आँखाबाट चुहेका आँसु र ओठ हुँदै खुस्केका मुस्कानमा जीवनको सार्थकता कति रहला ? शब्द व्यक्त गरिरहनु पर्दैन ।
यी र यस्तै मनोलोकका अभिप्रेरणाबाट सिर्जना क्षेत्रमा देखापरेको साहित्यिक जमातले कुनै नयाँ विचार, विश्वास, आशा, आस्था र अनुभूति जन्माउला वा देला भनेर हामी भर पर्न सक्छौँ ? अहं, दश वर्षपछिको यो विचारपुञ्ज बालक एउटा लक्ष्यको घेरा निर्माण गर्न पुग्छ । पढाइका क्षेत्रमा कुनै पनि विषयको डिग्रीको सीमा कोर्छ । राजनीतिमा लाग्ने मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको सपनामा केन्द्रित भएर अघि सर्छ । अन्तिम लक्ष्यको नतिजा प्राप्त भयो असल श्रेणीमा । मख्ख पर्छ ऊ । लड्डुमिठाइको भोज लगाउँछ तिनै लण्ठकहरूलाई जो भ्रमका खेतमा मूर्खताका कोदाली हल्लाएर आली लगाइरहेका छन् ।
तिनीहरूलाई या हामी जो कसैलाई सङ्केतसम्म हुन्न हामीले जन्मसँगै जीवनको सबभन्दा ठूलो शत्रु, अविजेय दुश्मन कोही कसैबाट कहिल्यै पनि पराजित हुन नसकेको, न सक्छ, न सक्ने वैरी अदृश्य रूपमा आफैँसँग लिएर आएका छौँ मृत्यु, काल वा यमराज । यसतिर हाम्रो कहिल्यै ध्यान जादैन, गए पनि एकछिनका लागि मात्र ।
हामी चर्मचक्षुका सामु देखिने मान्छेलाई वा जीवजन्तु, पहाडपत्थरलाई शत्रु ठान्छौँ । उससँग दुश्मनी मोल्छौँ । बाझ्छौँ । तथानाम गालीका वर्षा गर्छौं । राम्रा चिज देखेर मन लोभिन्छ । मस्तिष्कले आदेश दिन्छ । हात या कुनै पनि अङ्गले त्यसलाई पाउने प्रयास गर्छ । पाए पनि नपाए पनि हामीजस्तै अर्को कसै न कसैले देखे÷बुझेको हुन्छ । थाहा पाएको हुन्छ । लख काटेको हुन्छ र उसले मुक्का बर्साउँछ, जेल ठेल्छ वा अन्य सामाजिक कारबाही गर्छ वा कानुनी कारबाही गर्छ । अन्यत्र केही नहेरी नसोची हामी उसलाई शत्रु ठान्छौँ, दुश्मन मान्छौँ । आक्रामक बन्छौँ मात्र होइन प्रतिकारको बाहृयशक्ति सञ्चय गरेर बदलामा जिन्दगीभर जुधिरहन्छौँ । के यो व्यवहार वास्तविकतामा आधारित छ त ?
शत्रु वा दुश्मन आँखाले देखिने चाक्षुस संसारमा कहीँ कतै र कहिल्यै हुँदैन । हामीभित्रका संयमित, सन्तुलित, नियन्त्रित मनोचेतना उद्वेलित भएर कथित नै किन नहोस् समाज वा कानुनका घेरा उल्लङ्घन गर्ने प्रयास गर्छौं यो बेला यो मनोजगत् नै अर्थात हामीभित्रकै असंयमित, असन्तुलित, अनियन्त्रित मनोचेत शत्रु हो, चर्मचक्षुको कुनै पनि बिम्ब वा पिण्ड शत्रु होइन ।
भेल हुँदै जेल पुगेपछि आएका यी सोचले, जन्मिएका विचारले मृत्यु विरुद्धको शक्तिखोजतिर मन डोरियो । विजयी हुने औषधि आविष्कारतिर एकोहारियो । बालुवालाई पानी ठानेर पाउन दौडिएको मृगजस्तै, नाइटोमा बास्नादार कस्तुरी बोकेर प्राप्तिका लागि दौडिँदै मृत्युवरणमा पुगेको यही जनावरजस्तै हुन् ।
भेल हुँदै जेल पुगेपछि आएका यी सोचले, जन्मिएका यी र यस्ता खालका विचारले मृत्यु विरुद्धको शक्तिखोजतिर मन डोरियो । विजयी हुने औषधिआविष्कारतिर एकोहारियो । पाउन सम्भव छ ? बालुवालाई पानी ठानेर पाउन दौडिएको मृगजस्तै, नाइटोमा बास्नादार कस्तुरी बोकेर प्राप्तिका लागि दौडिँदै मृत्युवरणमा पुगेको यही जनावरजस्तै हुन् जम्मै लक्ष्यप्राप्तिका आक्रोशहरू, आवेगहरू । लामो समयको दरिद्र दुःखपछि लक्ष्य हातले छुन छुन खोज्दा वा लाग्दा कहिल्यै नदेखेको, कहिल्यै नसुनेको, कहिल्यै थाहा नपाएको जन्मजात सँगै आएको मृत्युले हामीलाई अनन्त गर्तमा, अकल्पनीय अनन्तमा अदृश्यबाट नै फुत्त तान्छ । कहाँ तान्यो ? कसले तान्यो ? कसरी तान्यो ? अव्यक्त अन्धकार । चिर सन्नाटा ।
यसले तान्यो, उसले तान्यो न बुद्धले भन्न सके, न सुकरातले । न सर्वद्रष्टा ठानिने ब्रहृमाले भन्न सके, न सिया र सुन्नीका हाकिम ठानिनेले भन्न सके । न विराट् विश्व नै मेरो हो, भएभरका जीव जति मेरा मात्र सन्तान हुनुपर्छ अर्थात मबाहेकको मान्छेको अर्को जात, धर्म, संस्कार, संस्कृतिको अस्तित्व नै हुनुहुँदैन ठान्ने अल्लाहमोहम्मदले यसको सङ्केतसम्म गर्न सके । कोही कसैले कतै कस्तै गरे पनि चिन्न, बुझ्न, देख्न, हेर्न नसक्ने तर जन्मजात अविदितमै आएको दुश्मन काल लक्ष्यप्राप्तिका असङ्ख्य पीडा सहेर सङ्घर्षरत रहुञ्जेल चापचुप रहँने, जब दुःख सकेर सुखको लक्ष्य हातमा लिँदै रमाउन लाग्ने बेलामा चाहिँ सुटुक्क लैजान्छ भने यी वा यसबीचका असैहृय दर्दका भार किन झेल्ने ? प्रश्नले छोएपछि म एकोहोरो यसकै अन्तिम खोजमा लागेँ ।
यस बिन्दुको सोचमा पुगेपछि गणेशमानलाई मूर्ख मानेँ मैले । गिरिजा त यसै पनि मूर्ख नै छँदै थिए । कारण म उनैको अर्थात गणेशमानकै घरमा बसेको छु । उनले घर तोडेर अर्कालाई मुक्तिका लागि मार्ग प्रशस्त गर्न गरेको उत्खनन् अध्ययन गरेँ । त्यति लामो सङ्घर्ष, अलिकति मात्र कसैले सुइकोसम्म पाए पनि तत्काल अविदितको होइन विदित र कृत्रिम यमराजले उनलाई कालकवलियत बनाउँथे- दर्दनाक यातनाका साथ । उनी लक्ष्य सफलताका नजिक पुग्नासाथ बलजफ्ती अन्यकै स्वार्थका खातिर सङ्घर्षबाट प्राप्त घर नै छाड्नु पर्यो ।
यो पनि मेरा लागि जेल, जीवनको सकारात्मक पक्ष भएन र समाप्तिको कठोर निर्णमा एकतमास एकोहोरियो । खानाको घण्टी बज्यो जुन् मेरो तत्कालको अन्तिम क्षण थियो । पेट खाली छ तर खाऊँ छैन । मान्छेहरू हँसमुख छन् जेलभित्रै । कोही ब्याट्मिन्टन खेलमा व्यस्त, कोही भलिबल, फुट्बल खेलमा ब्यस्त । सर्पको मुखमा परेको भ्यागुतोले खाना- झार जोडतोडले तान्ने प्रयास गरेझैँ, वर्षौं खोरमा कुँजिएका, वर्षौं त्यहीँ बितेर समाप्त हुने व्यक्तिहरूका चहल्पहल देख्नासाथ जड्भविताका जीवित उदाहरण सामु पाएर म त्यस बेलाको अन्तिम हाँसो हलल्ल हाँसेँ केहीका सामु तर किन उनीहरूलाई समेत थाहा छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच