सुर्खेत – सुर्खेत विरेन्द्रनगरबाट करिब १० मिनेटको दुरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाइ र शान्त वातावरणमा रहेको स्थान हो । सुर्खेतको कोलाहाल छल्न र शान्त वातावरणको आनन्द लिने पर्यटकको रोजाईमा काँक्रेविहार पर्ने गरेको छ ।
भग्नावशेषकै रुपमा रहेको बेला विसं२०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात सो विहारको महत्व बढेको देखिन्छ । यसको पूननिर्माण विसं २०७५ गरिएको थियो । ढुङ्गामा कुदिएका बुद्धका कलाआकृति, विभिन्न बुट्टाहरुले उत्कृष्ट शिल्पकारीताको झल्को दिन्छन् ।
काँक्रेविहारको ऐतिहासिक र पुरातात्वक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ । यस विहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरीएको पाइन्छ ।
केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले व।सं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन भन्ने पनि गरिन्छ ।
उपत्यकाको उचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । ऐतिहासिक, धार्मिक र पुरातात्वक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेता पनि यसको व्यापक प्रचारप्रसारको भने आवश्यकता देखिन्छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच