पेरिस – फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा प्रतिस्पर्धा देखिएको छ।
शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३ स्वर्ण जितेका छन्। पदक तालिकामा अगाडि रहेको अमेरिका शीर्ष स्थानमा छ भने चीन दोस्रो स्थानमा छ।
अमेरिकाले ३३ स्वर्ण, ३९ रजत र ३९ नै कास्यसहित १११ पदक जितेको छ। चीनले भने ३३ स्वर्ण २७ रजत र २३ कास्यसहित ८३ पदक जितेको छ। स्वर्णको प्रतिस्पर्धामा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले १६ वटा स्वर्ण जितेको छ।युके, आयोजक फ्रान्सले समान १४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३ स्वर्ण जितेका छन्। जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच