काठमाडौं । बंगलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियानको नेतृत्वमा शनिवार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो । अभियानले बङ्गलादेशमा जारी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुमाथि हिंसाको बिरुद्ध माइतीघर मण्डलामा कोणसभा समेत गरेकाे छ ।
विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरुले जनाएका छन् ।
माइतीघरमा बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली कार्यक्रम को आयोजना गरिएको छ। हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको हो ।
उनीहरूले ‘हिन्दूहरूमाथिको दमन बन्द गर’, ‘नेपाललाई हिन्दूराष्ट्र कायम गर’लगायत नारा लगाएका थिए ।
बंगलादेशमा भएको राजनीतिक परिवर्तनपछि त्यहाँका अल्पसंख्यक हिन्दू र बौद्धमाथि आक्रमण भएको खबर आइरहेको छ । कतिपय हिन्दू मन्दिर पनि भत्काइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच