सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा आज बिहान एक युवक मृत फेला परेका छन् । स्थानीय श्यामबाबु साहका १९ वर्षीय छोरा मुन्ना साह घर नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने खाली घरमा मृत फेला परेका हुन् ।
उनको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । घटना गम्भीर प्रकृतिको रहेको भन्दै मृतक युवकका परिवारको आग्रहमा प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले घटनाको विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ परेकी युवती मृतक मुन्ना को प्रेमिका रहेको बुझिएको छ ।
डिएसपी गौतमले नियन्त्रणमा रहेकी युवतीसँग सोधपुछसँगै अन्य कोणबाट समेत घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।
त्यस्तै सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुरमा ढङ्ग्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय सन्जिव रायको छोरा तीन वर्षीय अंशु रायको घर अगाडि रहेको खोलामा डुबेर मृत्यु भएको हो ।
आज मध्यान्ह खेल्नेक्रममा खोलामा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टम लागि सोही अस्पतालमा राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच