विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर निर्विरोध निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल एमाले निकट हो ।

कुँवर अध्यक्ष पदमा निर्विरोध हुँदा आज नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल रहनुभएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *