काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस संघबीच उच्चस्तरीय चेस प्रशिक्षण सम्झौता भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जीबीबीच दुईपक्षीय हस्ताक्षर भई नेपाली खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता भएको हो ।
सम्झौताअघि नै पहिलो चरणको प्रशिक्षण साउन १७ देखि सुरु भइसकेको छ । यो प्रशिक्षण पुस १६ गतेसम्म सञ्चालन हुनेछ । शुक्रबार दुईपक्षीय सम्झौतामा काजकिस्तान चेस संघले अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरलाई प्रशिक्षकका रूपका पठाउने, उच्च गुणस्तरको पोशाक प्रदान गर्ने, चेस इन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेबसाइटमार्फत् समाचार सम्प्रेषण गर्ने र भौतिक रूपमा उपस्थित भएर गर्न सक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ ।
यस्तै नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकका लागि बस्ने र खाने व्यवस्था गर्ने, राष्ट्रिय दैनिक समाचार पत्रिकामा प्रचारप्रसार गर्ने र नेपालस्थित अभिभावकीय खेलकुद निकायसँग समन्वयात्मक भूमिका खेल्ने बताइएको छ ।
नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५औँ चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलोपटक अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण सुरु गरेको हो । हंगेरीको बुढापेस्टमा हुने प्रयोगितामा नेपाली टोलीको प्रशिक्षक काजकिस्तानी ग्राण्ड मास्टर जिएम मुर्ताजा रहनुहुनेछ । पुरुष र महिला दुवै विधामा पदक जित्ने लक्ष्यका साथ नेपालले प्रशिक्षण गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच