पेरिस । गरिबीबाट गुज्रिएका पाकिस्तानका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ । पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाउनुभएका उहाँलाई करोडौं पुरस्कार दिने घोषणा भएको छ ।
अहिलेसम्म १५ करोड रुपैयाँ बढी पुरस्कार घोषणा भइसकेको छ । ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्ण पदक जितेपछि २७ वर्षीय नदिमले वल्र्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर पाउने पक्का छ नै । उहाँलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ ।
पञ्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रूपी १० करोड स्वतन्त्रता दिवस (१४ अगष्ट) का अवसरमा प्रदान गर्ने घोषणा गर्नुभयो । त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारका तर्फबाट पाकिस्तानी रूपी पाँच करोड दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाउनुभएको छ । उहाँले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रूपी दिने पनि बताउनुभएको छ ।
सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्समा लेख्नुभएको छ । सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उहाँकै नाममा सुक्कुरमा नयाँ रंगशाला निर्माण गर्ने घोषणा गर्नुभयो । गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पार्नुभएका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जित्नुभएको थियो ।
पाकिस्तानले ओलम्पिकमा जितेको यो चौथो स्वर्ण हो । ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो । नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारका रूपमा लिइएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच