पेरिस । लैंगिक विवादमा पर्नुभएकी अल्जेरियन बक्सर इमान खलिफाले पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्नुभएको छ । पेरिस ओलम्पिकको ६६ केजी तौल समूहको महिला बक्सिङ प्रतियोगितामा इमान खलिफाले स्वर्ण पदक जित्नुभएको हो । खलिफाले चिनियाँ बक्सर यांगया लिउलाई हराउँदै स्वर्ण पदक जित्नुभयो ।
‘यो मेरो सपना थियो र म धेरै खुसी छु,’ इमान खलिफाले भन्नुभयो, ‘यो मेरो आठ वर्षको कडा परिश्रम हो, म अल्जेरियाका जनतालाई धन्यवाद दिन्छु । म मेरो प्रदर्शनबाट धेरै खुसी छु, म एक साहसी महिला हुँ ।’
पेरिस ओलम्पिकमा इमान खलिफा र इटालियन बक्सर एन्जेला कारिनीबीचको खेलपछि खलिफालाई लिएर विवाद सुरु भएको थियो । इमान खलिफा पुरुष रहेको बताइएको छ । एक वर्षअघि उहाँ लैंगिक योग्यता परीक्षामा असफल भएपछि विश्व बक्सिङ च्याम्पियनसिपबाट अयोग्य घोषित हुनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच