काठमाडौं । चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार सिनियर ६२ केजीमुनि तौल समूहमा आर्मीकी सुस्मिता मोक्तानले स्वर्ण जित्नुभएको छ । उहाँले फाइनलमा पुलिसकी समीक्षा श्रेष्ठलाई हराएर स्वर्ण आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । एपिएफकी रेजिना पार्की र चुन्नीदेवीकी मनमाया सुनुवारले कांस्य पदक जित्नुभयो ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भइरहेको प्रतियोगिताको ग्यारोगीकै सिनियर ५७ केजीमुनि पुलिसकी सुभांगी श्रेष्ठले आर्मीकी गीता कठायतलाई हराएर स्वर्ण जित्नुभयो । यस तौलमा चाणक्यकी पवित्रा सुनुवार र पुलिसकी कञ्चन थापाले कांस्य जित्नुभयो ।
सिनियर ६७ केजीमुनि आर्मीकी रेश्मा थापाले एपिएफकी सुनिता चौधरीलाई हराएर स्वर्ण जित्नुभयो । सुर्खेतकी पूजा गाहा र लायन्स मार्सल आटर््सकी प्राप्ति सिंहले कांस्य जित्नुभयो । सिनियर ७३ केजीमाथि आर्मीकी प्रतिज्ञा भण्डारीले दिलीप स्मृति तेक्वान्दोकी सुप्रिया गुरुङलाई हराएर स्वर्ण जित्नुभयो । ७३ केजीमुनि आर्मीकी नम्रता तुलाधरले चितवनकी अनामिका तामाङलाई हराएर स्वर्ण जित्नुभयो । दिलिप स्मृतिकी अलिशा पुलामी तेस्रो हुनुभयो ।
सिनियर ४६ केजीमुनिको तौलमा पुलिसकी प्रकृति पालीले आर्मीकी सदीक्षा कार्कीलाई हराएर स्वर्ण जित्नुभयो । पुलिसकी अञ्जली साउद र ढल्कोकी दीक्षा तामाङले कांस्य जित्नुभयो । सिनियर ४९ केजीमुनि आर्मीकी रक्षा धिमालले स्वर्ण, पुलिसकी सुमिना खड्गीले रजत तथा ढल्कोकी पासाङ लामा र धरानकी कृस्टिना राईले कांस्य जित्नुभयो । आर्मीकी ममता रिजालले ५३ केजीमुनि तौलमा स्वर्ण जित्नुभयो ।
जैसिदेवल तेक्वान्दोकी सुप्रिया जोशी, एलायन्स मेमोरियलकी अभिलाषा गुरुङ, अरुणिमाकी करिश्मा मगर, कोप्सकी विनिशा अधिकारी, सुस्मिता भुजेल, चन्द्रसूर्यकी कोशिन चौलागाईं, लैनचौरकी आलिया खातुन, विजेश्वरीकी दीपिका गुरुङले आ-आफ्नो तौलमा स्वर्ण जित्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच