एजेन्सी । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । विभेदविरोधी विद्यार्थीले शनिबार बिहान साढे १० बजेदेखि अदालत परिसरमा प्रदर्शन थालेपछि प्रधानन्यायाधीले पद छाड्ने योजना बनाएको र दिउँसो राष्ट्रपति समक्ष राजीनामा दिएको बंगलादेशी अखबार ‘ढाका ट्रिब्युन’ले जनाएको छ ।
विद्यार्थीले सर्वोच्चका प्रधानन्यायाधीश र पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गर्दै प्रदर्शन थालेका थिए । विद्यार्थीको प्रदर्शन बढ्दै गएपछि प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका अन्य पाँच न्यायाधीशले पनि राजीनामा दिएको बताइएको छ ।
त्यसअघि प्रधानन्यायाधीश ओबेदुलले अदालको फुलकोर्ट बैठक बोलाउनुभएको थियो । त्यसलाई न्यायापालिकामा सत्तापलटका रूपमा हेर्दै विद्यार्थीले प्रदर्शन थालेका थिए । आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री देश छोडेर भाग्नुभएको थियो । हसिनाको सत्ता ढलेसँगै नोबेल पुरस्कार बिजेता मुहम्मद युनुस अन्तरिम सरकारका प्रमुख बन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच