मस्को । रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा ‘आतंकवाद विरोधी अभियान’ सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मंगलबार रुसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् । रुसले यस प्रक्रियालाई रोक्नका लागि ट्यांक रकेट लन्चर र उड्डयन एकाइसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ ।
रुसको आतंकवादविरोधी समितिले शुक्रबार बेलगोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा आतंकवादविरोधी अपरेसनबाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ । अभियान सुरु गरिएका क्षेत्रमा आगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई ‘नो-गो जोन’ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।
आतंकवादविरोधी समितिले युक्रेनले रुसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ । समितिले युक्रेनको आक्रमणलाई आतंकवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई ‘महसुस’ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दाबी गर्नुभएको थियो । अभियानका क्रममा रुसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रुसले जनाएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच