काठमाडौं । साउन महिनाको सांस्कृतिक तथा आध्यात्मिक महत्व झल्काउँदै हाम्रो समुदायका महिलाको दृढता, समर्पण र असीम प्रेमलाई सम्मान गर्दै साउन १८ र १९ गते क्लासिक्स प्रोजेक्ट्स प्रालिले काठमाडौंको होटल अन्नपूर्णमा ‘श्रावण मेला २०८१’ आयोजना गरेको छ । जसले दिव्य महिना ‘श्रावण’ को रंगीन र खुसीका चाडपर्वलाई सम्मानित गर्ने उद्देश्य राखेको थियो । दुई हजारभन्दा बढीको उपस्थितिका साथ मेलाको विभिन्न समुदायका महिला र पुरुष एकै मञ्चमा ल्याउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
सबै उमेरका व्यक्तिका लागि एक जीवन्त वातावरण सिर्जना गर्न आयोजना गरिएको मेलामा शाकाहारी भोजन स्टलसमेत राखिएका थिए । मेला स्थलमा ‘शिव लिंग’ पनि राखिएको थियो । पूर्वमिस नेपाल इशानी श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा खुश्बु प्रधानको पनि प्रस्तुति रहेको थियो ।
मेलामा विभिन्न गेम, लुगा, कस्मेटिक्स, डिजिटल कार्ड, गहना, स्किन केयरलगायत ३६ भन्दा बढी स्टल रहेका आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच