काठमाडौं । युवाहरूको समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ । शुक्रबार बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले होटल उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा उहाँले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योग महत्वपूर्ण क्षेत्र भएकाले पर्यटन प्रवद्र्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरण गर्न म सधैँ तत्पर छु । अझ तपाईंहरू जस्ता युवा, जो यो उद्योेगमा आउनुभएको छ र आउँदै हुनुहुन्छ, उहाँहरूसँग मेरो थप सहयोग र सहकार्य रहनेछ ।’
मन्त्री ठकुरीले पर्यटन क्षेत्रका युवा व्यवसायीसँग चाँडै बसेर पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक कदम चाल्ने बताउनुभएको थियो । होटल रोयल एयरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायी समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा होटल सञ्चालनमा आएको बताउनुभयो ।
३४ रुमसहितको होटलमा ५० शैय्या रहेका छन् । दुई सयजनाभन्दा बढी क्षमताका हल, बैठक कक्षसहितको शान्त वातावरणमा सञ्चालनमा आएको होटल एयरपोर्ट हुँदै आउने आन्तरिक तथा बाहृय पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याइएको उहाँले जानकारी गराउनुभयो । होटल रोयल एयरपोर्ट जस्ता होटलले नेपालको पर्यटन उद्योगमा ठूलो टेवा पुर्याउने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच