काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीसँगको परामर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको आयोजनामा केन्द्रका अध्यक्ष डिबी बस्नेतको अध्यक्षता र प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाको उपस्थितिमा भएको कार्यक्रममा मन्त्री थापाले कृषि क्षेत्रका प्रमुख सरोकारवालालाई एकै ठाउँमा ल्याएर महत्वपूर्ण परामर्शको आयोजना गरेको भन्दै स्थानीयस्तरमा उत्पादित कृषि उत्पादन प्रवद्र्धन गर्न उत्पादक कृषकका साथै लघु, साना तथा मझौला उद्यमीसमेतलाई सहयोग गरी सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशभित्र कृषि व्यवसायमा संलग्न व्यवसायीको वर्तमान अवस्था मूल्यांकन गर्ने, उनीहरूका लागि सहयोगी नीतिको लेखाजोखा गर्ने, कृषि उद्यम केन्द्रद्वारा सञ्चालित लघु, साना तथा मझौला उद्यमी सहयोग कार्यक्रममा संलग्न उद्यमीबाट सफलताका कथा साझा गर्ने र आवश्यक नीति तर्जुमाको सिफारिस गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमका निष्कर्षहरूले स्थानीय, प्रादेशिक र संघीयस्तरका नीति निर्मातालाई सुझाव पेश गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा कृषि उद्यम केन्द्र बोर्ड सदस्य सुनिता न्हेमाफुकीले प्यानल छलफल सञ्चालन गर्नु भएको थियो, जसमा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डा. जगत्बहादुर सिंह रावल, प्रदेश कृषि निर्देशनालयबाट खगेन्द्र शर्मा, सुदूरपश्चिम महासंघ उपाध्यक्ष अनिल कुमार, प्रदेश सहकारी संघका माधव शर्मा र असल सिर्जना कृषि सहकारी, लम्कीका कृष्णा घर्ती प्यानलिष्टका रूपमा राखी उद्यमीको वर्तमान अवस्था, सम्भावना एवं चुनैतीबारेमा छलफल गरिएको थियो ।
केन्द्रका अध्यक्ष बस्नेतले कृषिमा आबद्ध व्यवसायीको अधिकार सुनिश्चित गर्न र नेपालभर कृषि व्यावसायीकरणलाई प्रवद्र्धन गर्न केन्द्रको निरन्तर प्रयास रहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादक र व्यापारीलाई बजार अवस्था अनुकूल नभएसम्म आफ्नो सामान भण्डारण गर्न सातै प्रदेशका उत्पादनस्तरमा ठूला गोदाम निर्माण र सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बस्नेतले स्थानीय व्यवसायी मिलेर बनेको कम्पनीमार्फत् कृषि व्यावसायीकरणको नमुना प्रारम्भ गर्न महासंघलाई कम्तीमा ५० हेक्टर जग्गा एकै ठाउँमा उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
डा. नारायण खनाल र सिचन श्रेष्ठ, सफल पार्टनर्सका आशुतोष तिवारी र कृषि उद्यम केन्द्रका डिल्ली पौडेलले व्यवसाय प्रवद्र्धनका विविध विषयमा प्रस्तुति दिनुका साथै कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्सालले भारतको मकैको व्यावसायिक क्षेत्रको भ्रमणका अनुभव सुनाउनुभएको थियो । सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायमा आबद्ध उद्यमीलाई बढावा दिने, कृषि विकासलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमीलाई अनुकूलनको अवस्था सिर्जना गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम सिमिटको सहयोगमा सेप्टेम्बर २०२३ देखि नोभेम्बर २०२४ सम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका छवटा तराईका जिल्लामा सञ्चालित रहेको छ । केन्द्रले यस्तै किसिमको कार्यक्रम साउन २१ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि सञ्चालन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच