बैतडी । बैतडीमा पहिरोले दुई घर भत्किएका छन् । जिल्लाको डिलासैनी गाउँपालिका ३ दौंखोलाका स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् ।
घरमुनिबाट पहिरो खसेपछि चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको वडाअध्यक्ष रघुबिर बोहराले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण पहिरोले घर भत्काएपछि पाँच जनाको बाेहराको परिवारलाई आफन्तकोमा सारिएको वडाअध्यक्ष बोहराले बताउनुभयो ।
पहिरोका कारण अन्य दुई घरसमेत जोखिममा छन् । स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका हुन् ।
घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपबाट विपद्का घटना भएकोमा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । स्थानीय सरकारबाट गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो ।
वर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पालिका अध्यक्ष जोशीले सबैमा आग्रह गर्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच