मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिकाले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ ।
छायानाथ रारा नगरपालिका वडा न २ चैन गाउँमा रहेको प्रसिद्ध छायानाथ मन्दिरबाट सोमबार मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ छायानाथ हिमालमा रहेको छायाक्षेत्रमा गाथ (शिवको मूर्ती) लिने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
कार्यवाहक नगरप्रमुख ऎश्वर्या मल्लको दस्तखतबाट आइतबार जारी गरिएको नगरपालिकाको सुचनामा भोलि छायानाथ मन्दिरबाट छायाक्षेत्रमा गाथ लगिने भएकाले मातहतका विद्यालय,स्वास्थ्य संस्था, गैर सरकारी संघ संस्था, वित्तिय कार्यालय लगायत सबै कार्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।
सोमबार गाथ लिँदा नगरपालिका क्षेत्रका घर घरबाट फुल, माला,अक्षता,धजा चढाउन मन्दिरमा स्थानियहरु जाने र बाजागाजा सहित गाथ पठाउदा स्थानियहरु सहभागी हुने भएकाले सार्वजनिक विदा दिइएको छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहले जानकारी गराउनु भयो ।
छायाक्षेत्रमा गाथको दर्शनका लागि सुदुरपश्चिम,कर्णाली र भारतबाटसमेत यो बेला ठूलो संख्यामा भक्तजनहरु आफ्ना कुल देवता, विभिन्न देउताका धामी सहित यहाँ पुग्ने गर्दछन् ।
४६ सय मिटर उचाइमा रहेको छायाक्षेत्रमा पुग्न कठिन जोखिमपूर्ण यात्रा गर्नुपर्छ । छायाक्षेत्रमा पुग्न मुगु जिल्ला सदरमुकाम गमगढिबाट ३ दिन पैदल हिड्दा समय लाग्नेगर्छ ।
सति देविले प्राण त्याग गर्दा विरक्तिएर शिव भगवानले सतिदेविको मृत शरीर बोकि मर्त्यलोक झर्दा सतिदेविको शरीर गल्दै जाँदा विभिन्न अंग पतन भएको र जहाँ जहाँ शरीरका अंग पतन भए ती स्थान शक्तिपिठको रुपमा मानिएको बताइन्छ ।
छायाक्षेत्रमा सतिदेविका अन्तिममा बाँकी रहेका सबै अंग पतन भएकोले भगवान शिव सतिदेविको मायाले छायाक्षेत्र मै अझै पनि रहेको विश्वास गर्दै हिन्दुहरु श्रद्धाका साथ छायाक्षेत्रमा पुग्ने र पुज्ने गर्दछन् ।
हिन्दु मात्र होइन छायानाथलाई बौद्ध धर्मावलम्बीहरु एब्लाङ्ग भगवान सम्झेर पूजा गर्ने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच