झापा ।बझापामा विषालु सर्पको डसाइबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ ।
सर्पले डसेर एक युवकले ज्यान गुमाएको तीन दिन बित्न नपाउँदै आइतबार विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ गरामनी मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल हुन् । पौडेललाई भण्डार कोठामा आलु निकाल्ने क्रममा सर्पले डसेको हो ।
सर्पले डस्न साथ पौडेललाई सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियोे। चारआलीमा उपचार सम्भव नभएपछि विएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
पौडेलको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । चारआलीबाट बिर्तामोड ५ किलोमिटरको दुरी र घटनास्थल पनि बिर्तामोडबाट ५ किलोमिटरकै दुरीमा छ ।
सर्पले डसेर बिहीबार मेचीनगर नगरपालिका ८ शान्तिटोलका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको थियो भने असार १२ गते बुधबार कचनकवल गाउँपालिका ३ ठूलो केचनाकी १२ वर्षीया मनिषा राजवंशीको मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच