काठमाडौं । लेखक, कवि, स्तम्भकार तथा शिक्षाविद् रमेशप्रसाद गौतमको ‘मनको क्यानभासमा’ कवितासंग्रह लोकार्पित भएको छ । स्थानीय पद्मोदय माविको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो शिक्षा क्षेत्रका महनीय व्यक्तित्व काठमाडौं विश्वद्यालयका पूर्वउपकुलपति प्राडा.सुरेशराज शर्मा । कृति विमोचन गर्दै शर्माले आफू विज्ञानको विद्यार्थी भए पनि साहित्य र संस्कृतिको सम्मान गर्ने व्यक्ति भएको, यदि साहित्य तथा संस्कृतिको रक्षा गर्न सकिएन भने राष्ट्र कमजोर हुने विचार प्रकट गर्नुभएको थियो ।
गौतमको लेखकीय व्यक्तित्व र साहित्य सिर्जनामा उहाँका शैक्षिक अनुभवहरू पनि जोडिने भएकाले कविताहरू मर्मस्पर्शी रहेको विचार कृति समीक्षकहरूको थियो । कृतिको समीक्षा गर्दै साहित्यकार प्रा.रमा शर्मा, प्रख्यात शिक्षाविद् प्राडा.विद्यानाथ कोइराला, साहित्यकार प्राडा.पदम देवकोटाले कृतिमा सम्मिलित कविताहरूले राष्ट्रलाई उद्बोधन गर्न, समाजलाई रूपान्तरण गर्न, अनाचार अन्त्य गर्न र राष्ट्रियतालाई सबल गराउन सन्देश प्रवाह गरेको वताउनु भएको थियो ।
हिमालय टाइम्सका प्रधान सम्पादक तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव, पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अमरराज जोशी, पद्मोदय माविका प्राचार्य डा.शर्मिला पोख्रेल, प्राडा.जनक भट्ट तथा स्वयं कवि गौतम समेतले मन्तव्य प्रकट गर्नुभएको थियो । गौतमको यो १३औं कृतिमा सत्तरीवटा कविताहरू समाविष्ट छन् । यसअघि उहाँको १२औं कृति मेरो अतीत मेरो अनुभव हिमालय टाइम्स राष्ट्रिय दैनिकबाट प्रकाशित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच