पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । अभिनब साहित्य समाजले २७०औं मासिक शृंखलाअन्तर्गत २३औं साधारणसभा कवि गोष्ठी तथा तीज साहित्य कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष विमल अर्यालले गर्नुभएको थियो भने बाल साहित्यकार गंगा कर्माचार्य प्रमुख आतिथ्य हुनुहुन्थ्यो । त्यसैगरी रञ्जुश्री पराजुली, मञ्जु प्रधान र ममता मृृदुलले विशेष अतिथ्य ग्रहण गर्नुभएको थियो ।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले साधारणसभामा समग्र आर्थिक प्रतिवेदन सारसंक्षेपमा प्रस्तुत गर्नुभयो र सहभागी सबैमा विशेष धन्यवाद पनि दिनुभयो । प्रमुख अतिथि कर्माचार्यलगायत सबै विशेष अतिथिहरूले तीज साहित्य र अभिनवको योगदानको बारेमा प्रकास पार्नुभएको थियो । हरेक महिनाको अन्तिम शनिबार अभिनव साहित्य समाजले विभिन्न सहित्यिक कार्यक्रम गर्दै आएको छ ।
अभिनवका पदाधिकारीमध्ये नवराज पुडासैनी बीपी इलामे सुमन पुडासैती र परशुराम पराजुली पराशरले व्यवस्थापनको कार्य गर्नुभएको थियो । तीज गीत प्रस्तुत गर्नेहरूमा सुशीला आचार्य, गोपाल बराल, माधवलाल श्रेष्ठ, सरिता घिमिरे, बद्री सुवेदी, बुद्धि सागर पौड्याल, खोलाघरे साहिलो, सुरेश घिमिरे, मधुसूदन घिमिरे, नानीबाबा अधिकारी र मन्दिरा सेढाई हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा सभापति विमल अर्यालले सहभागी सबैप्रति हार्दिक धन्यवाद दिँदै कार्यक्रम बिसर्जन गर्नुभएको थियो ।
धेरै धेरै धन्यवाद छ हिमालय टाइम्सलाइ र पुरुषाेत्तमजीलाइ