ललितपुर । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले आगामी भदौ १ गते शनिबार नेवाः (नेपाल भाषा) को चलचित्र ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने भएको छ । काठमाडौंको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा प्रदर्शन गरिने उक्त चलचित्र रवि सायमीले निर्देशन गर्नुभएको होे । नयाँ पुस्ताको विदेश मोहका कारण ज्येष्ठ नागरिकको जीवनमा परेको प्रभावका विषयमा केन्द्रित चलचित्रको हालसम्म १६ शो प्रदर्शन भएकोमा लगातार हाउसफुल भइरहेको आयोजकको दाबी छ । सरजु रञ्जित र समिता रञ्जित श्रेष्ठले निर्माण गर्नुभएको चलचित्रमा छायांकन तथा सम्पादन अमर चित्रकार, पाश्र्व संगीत तथा संगीत भूपेन्द्र बज्राचार्यको रहेको छ ।
चलचित्रमा सुशील राजोपाध्याय, आशाकाजी थकु, संघरत्न शाक्य, सरस्वती मानन्धर, मैंया मुनिकार, सुनिता श्रेष्ठ, मनोज महर्जन, सृष्टि महर्जन, पुष्करभक्त माथेमालगायत कलाकारको अभिनय रहेको छ । कला र कलाकारिता क्षेत्रमा समर्पित ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले आर्थिक सशक्तताका लागि शो आयोजना गरेको हो । वडाको नियमित सहयोगबाहेक पनि थप सशक्त कार्यक्रम गर्दै जाने उद्देश्यले आयोजित प्रदर्शनले नेपाल भाषाको चलचित्र क्षेत्रसँग कलाकारिता क्षेत्रमा थप ऊर्जाशील कार्यक्रम आयोजनामात्र नभई टिकट बिक्रीमा सघाउने संघ संस्थालाई पनि टेवा पुग्ने गरी व्यवस्था गरिएको समितिका संयोजक बज्राचार्यले बताउनुभयो ।
समितिले नेवाः संस्कृतिको महत्वपूर्व पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजनाका साथै गीत तथा नृत्य प्रतियोगिता, कलाकार भेला, म्युजिक भिडियो वर्कशप, ‘ललित रत्न’ सम्मान प्रदान गर्दै आएको छ । चार वर्षअघि पहिलोपटक स्थानीय तहमा ललितपुर महानगरपालिका १६ वडामा वडाध्यक्ष निर्मलरत्न शाक्यको अवधारणा अनुरूप कलाकार समिति स्थापना भएको हो । हाल अन्य वडाहरूमा समेत कलाकार समिति स्थापनाको अभियान चलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच