✍️ वीरेन्द्रबहादुर चन्द
शहरमा विभिन्न कारणले डेरा सार्नुपर्ने हुन्छ । आफ्नै घर भए त के कुरा गर्नु, तर अध्ययन, व्यापार, जागिर आदिका कारणले डेरा लिएर बस्नेको संख्या मनग्ये छ यहाँ । साथै जीवनमा आइपर्ने अनेक उतार-चढावका कारण बेला-बेलामा कोठा सार्नुपर्ने अवस्था पनि आइरहन्छ । मैले पनि अहिलेसम्मको कुरा गर्दा लगभग सात/आठ ठाउँमा डेरा सारिसकेको छु र प्रत्येक ठाउँमा फरक-फरक अनुभव गरेको छु जुन आज सम्झने प्रयास गर्दैछु ।
त्रीसट्ठी/चौसट्ठीतिर म स्नातक तहको अध्ययन गर्ने भनेर काकाको सल्लाहमा काठमाडौं पसेको थिएँ । थानकोट हुँदै गाडी अगाडि बढ्दा मैले गाडीको झ्यालबाट निकै कम घरहरू देखेर अनुमान लगाएको । थिएँ कि काठमाडौंमा त्यति धेरै घरहरू रहेनछन् जति मैले सोचेको थिएँ । त्यहाँ पुगेपछि हाम्रै गाउँको जयराज दाइसँग मिलेर कोठामा बस्ने सल्लाह भएको थियो । त्यही अनुरूप सतुंगलको एउटा कोठामा मेरो पहिलो बास भयो ।
त्यो घर भर्खरै बनेको जस्तो थियो किनकि रातो इटाले बनेको त्यो घरमा भित्र-बाहिर दुवैपट्टि प्लास्टर गरिएको थिएन । कोठामा एउटा खाट थियो । उत्तरतिर फर्किएको एउटा झ्याल थियो । भूइँमा कुनै कार्पेट थिएन, ग्यास चुलो राखिएको थियो जहाँ जयराज दाइ खाना पकाउनुहुन्थ्यो र त्यस दिनदेखि म पनि थपिएको थिएँ । केही समयपछि मेरै गाउँको अर्को भतिज पर्ने साथी पनि आयो र हामी सबैसँगै बस्न थाल्यौँ । त्यो घरमा घरबेटी बस्दैनथे । सबै कोठाहरू भाडामा दिइएका थिए । उनीहरू सायद आफ्नो पुरानो घरमा बस्थे होलान् । त्यसैले घरबेटीसँग हाम्रो त्यति चिनजान हुन पाएको थिएन तर नयाँ साथी आएपछि उसले घरबेटी दाइसँग परिचय गर्यो । ऊसँग फोन भएकाले नम्बर पनि साटासाट गर्यो । हामी उहाँलाई नुच्छे दाइ भनेर बोलाउँथ्यौँ ।
मेरो साथी स्कुलमा पढाउने हुँदा कहिलेकाहिँ घरबेटीको छोरालाई पनि पढाउने गथ्र्याे र यसै कारण हामी सबैलाई उहाँले राम्रो व्यवहार गर्नुहुन्थ्यो । यहाँसम्म कि त्यो घर छोडेर जाँदा घरबेटीले मलाई केही समस्या पर्यो भने भन्नु है भन्दा म अलिक भावुक पनि बन्नपुगेको थिएँ ।
नुच्छे दाइको घरमा बुढा बा र आमा बस्नुहुन्थ्यो । एकजना भाइ पनि छ भन्नुहुन्थ्यो । भाइ चाहिँ नेपाल टेलिकममा जागिरे छ भन्नुहुन्थ्यो । बुढा बा र आमा पनि कहिलेकाहिँ त्यहाँ आउनुहुन्थ्यो । एकदिन बुढा बा आउनुभएको बेलामा भर्याङमा उहाँलाई भेटेको थिएँ । त्यतिबेला उहाँ एकजना मान्छेको कुरा ध्यान दिएर सुनिरहनुभएको थियो । सायद त्यो व्यक्तिले प्रभु यशुको बारेमा केही भनिरहेको थियो । बुढी आमासँग म कहिलेकाहिँ बोल्थेँ । उहाँ मलाई इनारबाट पानी निकालेको हेरिरहनुहुन्थ्यो । नुच्छे दाइ हामीसँग मजाले कुरा गर्नुहुन्थ्यो तर त्यो घरमा एक वर्षभन्दा पनि कम बसियो । मामाले अब त्यहाँबाट सरेर कलेज नजिक बस्ने सल्लाह दिनुभयो र हामी उहाँले नै खोजिदिनुभएको नयाँ कोठामा सर्यौँ ।
नयाँ कोठा अलि ठूलो थियो । घरबेटीले सुरुमै भाडा समयमा दिँदा राम्रो हुने कुरा बताउनुभयो र त्यसपछि उहाँले कहिल्यै पनि भाडाको कुरा गर्नुभएन । एक डेड वर्षपछि त हामी पनि भाडा महिना बितेपछि मात्र दिन्थ्यौं र पनि घरबेटीले केही भन्नु हुँदैनथ्यो । त्यस घरमा धेरै कोठाहरू भएका र घरबेटीको आफ्नै व्यापार भएकाले उहाँसँग कुरा गर्ने फुर्सद मिल्दैनथ्यो । तैपनि मेरो साथी स्कुलमा पढाउने हुँदा कहिलेकाहिँ घरबेटीको छोरालाई पनि पढाउने गथ्र्याे र यसै कारण हामी सबैलाई उहाँले राम्रो व्यवहार गर्नुहुन्थ्यो ।
यहाँसम्म कि त्यो घर छोडेर जाँदा घरबेटीले मलाई केही समस्या पर्यो भने भन्नु है भन्दा म अलिक भावुक पनि बन्नपुगेको थिएँ । घरबेटी दिदीसँग भने धारामा पानी आएको दिन भेट हुन्थ्यो । हप्तामा एकपटक पानी आउँथ्यो र घरका सबैलाई पानी बाड्नका लागि उहाँ बिहानै धारामा देखिनुहुन्थ्यो र मिलाएर पानी बाँड्ने काम गर्नुहुन्थ्यो । भाइ र बहिनी पनि मसँगै बसेर पढ्न आउने भएपछि मैले नयाँ कोठा खोज्नुपर्ने भयो । त्यो नयाँ घरको घरबेटी आमा भलादमी जस्तै हुनुहुन्थ्यो । उहाँ हाँसेको मैले कहिल्यै पनि देखिन । उहाँसँग खासै भेट त हुँदैनथ्यो तर पनि पानी आएको बेलामा मोटर नचलाएर हाते पम्पले तान्नुपर्ने हुनाले धेरैजसो बिहानको समयमा उहाँसँग भेट हुन्थ्यो ।
त्यस बेला उहाँ बत्ती निभाउनुपर्ने, पानी धेरै नपोख्ने जस्ता घरमा पालना गर्नुपर्ने अनुशासनका कुराहरू भन्नुहुन्थ्यो । घरबेटी बा भने शान्त स्वभावका हुनुहुन्थ्यो । मैले उहाँलाई एकदिन घरको छतमा भट्ने मौका पाएँ । त्यसबेला उहाँ रेडियोमा एउटा पुरानो हिन्दी गीत सुन्दै हुनुहुन्थ्यो । मैले त्यो गीत निकै रसिक भएको कुरा गर्दा उहाँले आजभोलिका गीतमा पहिलेको जस्तो दम नभएको कुरा बताउनुभएको थियो ।
समय र परिस्थितिले त्यसपछिका केही वर्ष म एउटा फ्ल्याटमा बस्न पुगेँ । त्यहाँको व्यवस्था राम्रो थियो र घरबेटी आमा पनि बहुतै मिजासिली हुनुहुन्थ्यो । विशेष गरेर उहाँले हामीसँग बस्ने एकजना बहिनीलाई धेरै माया गर्नुहुन्थ्यो । कारण उनी कोठाभित्रको र बाहिर आँगनको सरसफाइ राम्रोसँग गर्थिन् । एकदिन घरबेटी आमाले बहिनीलाई बाहिर आँगनमा स्टोभ बालेर खाना पकाइरहेको देख्नुभयो र भित्र किन नपकाएको भन्दा भित्र कोठा फोहोर हुनसक्ने कुरा बताएपछि बहिनी घरबेटी आमाकी विश्वासिली पात्र बनेकी थिई ।
उहाँ यति धेरै विश्वास गर्नुहुन्थ्यो कि त्यहाँबाट अर्को घरमा सर्नुपर्दा मसँग अन्तिम महिनाको भाडा थिएन र घरबेटी आमाले पछि दिँदा पनि हुन्छ भनेर छोड्नुभएको थियो । ती घरबेटी आमासँग मैले बिरलै कुरा गर्ने मौका पाएँ । एक दिन म कलेजबाट फर्केर अफिस जाने तयारी गर्दै थिएँ उहाँले अचानक रोकेर तिमी कति वर्षका भयौ भाइ भनेर सोध्नुभयो र फेरि मैले उत्तर दिन नपाउँदै उहाँले नै ३०/३५ वर्ष त भयौ होला भन्नुभयो । मैले त्यसमै सहमति जनाएँ ।
देशमा प्रधानमन्त्रीहरू फेरिए जस्तै कोठा फेर्ने क्रम पनि रोकिएन । कलेजकै एक जना साथीको सिफारिसमा कलेज नजिक एउटा कोठा भेटियो । त्यस घरकी घरबेटी दिदी (उमेर अनुसार कसैलाई दिदी र कसैलाई आमा भनी सम्बोधन गर्दथेँ) निकै नै प्रोफेसनल देखिनुहुन्थ्यो । उहाँ बिहानै छोरीहरूलाई स्कुल पुर्याउनुहुन्थ्यो र आफू पनि अफिस जानुहुन्थ्यो । घरमा देखिएका पानी, बत्ती र सरसफाइ सम्बन्धी समस्याहरूलाई सहज तरिकाले समाधान गर्नुहुन्थ्यो । ट्वाइलेट सफा गर्न भनेर उहाँ हरेक महिना एउटा हार्पिक र साबुनको व्यवस्था गरिदिनुहुन्थ्यो । त्यस्तै मैले एकपटक भाडा घटाइदिनुपर्ने अनुरोध गर्दा अर्को दिन आएर भाडा अलि कम गरिदिनुभएको थियो ।
केही महिनाको बसाइपछि फेरि त्यहाँबाट कोठा सार्नुपर्ने भयो । यस पटक दुई घर पर एउटा अर्को कोठा पाइयो । त्यस घरकी घरबेटी आमाले हामीलाई बाँकीका केही महिना निकै उकुसमुकुस बनाउनुभयो । भाइ बिरामी पर्दा होस् या ट्वाइलेट जाम हुँदा, घरबेटी आमाले हामीलाई सधैं केही न केही कुरा गरेर पिरोल्नुहुन्थ्यो । कहिले माथि तौलिया नसुकाऊ भन्नुहुन्थ्यो । किनभन्दा त्यो तौलिया खसेर तलको पानीट्यांकी फुट्न सक्थ्यो रे । कहिले उहाँकै घरमा पालेका कुखुराले गरेको फोहोर सफा गर भन्नुहुन्थ्यो । जे जसरी भए पनि केही समय त्यहाँ बित्यो र भाग्यवश एकजना आफन्तले उहाँ बसेको घरमा कोठा खाली भएको जानकारी दिएपछि हामी सरिहाल्यौँ ।
जहाँ बसे पनि संघर्षको कथा सबको आआफ्नै हुने रहेछ । जे जस्तो भए पनि परस्पर सम्मानले एउटा राम्रो समाज निर्माण गर्न मद्दत पुग्दोरहेछ । झगडा, डाह, रोदन, मुस्कान त जीवनमा आइरहने पाहुनाहरू हुन् । यी सबै कुरालाई सहज तरिकाले स्वीकार्न सक्नु ताकत रहेछ ।
त्यो नयाँ घर प्रोफेसर दम्पत्तीको थियो । त्यहाँ बस्दाखेरि नै हो मैले अंग्रेजीमा एउटा कथा लेखेको थिएँ ‘द प्रोफेसर्ज हाउस’ जुन मैले प्रकाशनका लागि दिन सकिन । घरबेटीहरू त्यहाँ बस्नुहुन्नथ्यो । घरका सम्पूर्ण जिम्मेवारी हामीलाई खबर गर्ने आफन्तले नै लिनुभएको थियो । भाडा पनि उहाँ नै एकमुष्ठ उठाएर पठाउनुहुन्थ्यो । घरबेटी कहिलेकाहिँ मात्र आउनुहुन्थ्यो र निकै औपचारिक समय बिताएर जानुहुन्थ्यो । अहिले आएर म सम्झन्छु कि डेरामा बस्दा कि त राम्रो सुविधा भए रमाइलो हुन्छ कि त आफन्तहरू नजिक भए । त्यहाँ दुवै कुरा थियो । सुविधा पनि राम्रै थियो र त्यस घरमा बस्ने सबै हाम्रै परिवेशका आफन्तहरू थिए । घरबेटी आउँदा बढीजसो माथि बस्ने अंकलसँग नै छलफल गर्नुहुन्थ्यो ।
मैले उहाँलाई कहिल्यै पनि घरको वा अन्य कुनै कुराको बारेमा कम्प्लेन गरेको सुनिन । एकदिन कोठा सफा गर्ने क्रममा प्रोफेसरसँग मैले आफू थेसिस लेखिरहेको कुरा गरेपछि उहाँले थेसिस भनेको सिजरिङ एण्ड प्याचिङ गरेर छिट्टै लेख्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो । यसै क्रममा मैले आफ्नो कामको सिलसिलामा सहरभन्दा अलि टाढा कोठा गरेर बस्नुपर्ने भयो । गाउँको परिवेश मलाई मन पर्ने हुनाले त्यहाँका घरबेटी बा पनि मलाई असाध्यै मन पर्नुभयो । मैले त्यसअघि कुनै पनि घरबेटीसँग त्यति नजिकको सम्बन्ध बनाउन सकेको थिइनँ । त्यस घरमा घरबेटी बा र आमा बस्नुहुन्थ्यो र बेलाबेला मलाई आफ्नै छोरासरह व्यवहार गर्नुहुन्थ्यो ।
मैले पनि त्यस कुरालाई अस्वाभाविक ठानेको थिइँन । घरबेटी बा फुर्सदको समयमा बढी जस्तो देशको राजनीतिक परिस्थिति र धर्मका बारेमा छलफल गर्नुहुन्थ्यो । मेरो चञ्चल दिमागले ती कुराहरू नबुझे पनि म धैर्य गरेर सुन्नेगर्थें । घरबेटी आमा धेरैजसो मलाई खाना खान बोलाउनुहुन्थ्यो । मलाई मात्र नभएर मलाई भेट्न आउने साथीहरूलाई पनि खाना खुवाउनुहुन्थ्यो । यो कुरा म कहिले पनि बिर्सन सक्दिन ।
केही समयपश्चात् मैले फेरि त्यहाँबाट शहरमै कोठा सार्नुपर्ने भयो । त्यस घरमा पनि मैले शान्त र शालीन वातावरण पाएँ । घरबेटीबा गाउँमा बस्नुहुन्थ्यो भने त्यस घरमा उहाँका छोरा र बुहारी बस्दथे । म उहाँलाई दाइ भनेर सम्बोधन गर्थें । उहाँले त्यस घरमा बस्ने सबैलाई सम्मानको दृष्टिले हेर्नुहुन्थ्यो । एकपटक वाइफाईको पैसा दिँदा दाइले धेरै नै डिस्काउन्ट गरिदिनुभएको थियो जुन कुराले मलाई दैनिक खर्च चलाउन सजिलो बनाएको थियो । घरबेटीबा आउनुभएको बेलामा अलि–अलि कुरा गर्नुहुन्थ्यो र धारा, बत्ती जस्ता कुरामा देखिएका समस्याको समाधान गर्नुहुन्थ्यो । भाडा पनि उहाँलाई नै बुझाउनु पर्दथ्यो । कहिलेकाहिँ घरबेटी आमा पनि आउनुहुन्थ्यो ।
राधाले उहाँसँग राम्रो सम्बन्ध बनाएकी थिई । त्यसैले त उहाँ आएको बेलामा धेरै खानेकुराहरू दिनुहुन्थ्यो । यसरी केही समय त्यस घरमा बसेपछि अर्को घरमा सर्नुपरेको थियो । त्यहाँ हामी जम्मा १७ दिन बस्यौं । त्यस घरकी घरबेटी आमा हामीलाई देखेर खुशी हुनुभएको थियो र छोटो समय बसेर अर्को ठाउँमा जानुपर्ने बाध्यतालाई बुझेर हाँस्दैहाँस्दै बिदाइ गर्नुभएको थियो ।
यसरी जीवनका अनेक मोडमा भेटिएका ती घरबेटीहरू अविष्मरणीय रहनेछन् । अहिलेका घरबेटी पनि पक्कै मेरो स्मरणमा रहिरहनेछन् । मैले एकपटक एकजना आदरणीय गुरुलाई आफ्नै घरमा बस्नुहुन्छ कि डेरामा भन्ने प्रश्न सोध्नपुग्दा उहाँले ‘आफ्नै घरबेटीको घरमा’ भनेर जवाफदिनुभएको थियो जुन मैले रमाइलो मानेर सुनेको थिएँ । जहाँ बसे पनि संघर्षको कथा सबको आआफ्नै हुने रहेछ । जे जस्तो भए पनि परस्पर सम्मानले एउटा राम्रो समाज निर्माण गर्न मद्दत पुग्दोरहेछ । झगडा, डाह, रोदन, मुस्कान त जीवनमा आइरहने पाहुनाहरू हुन् । यी सबै कुरालाई सहज तरिकाले स्वीकार्न सक्नु ताकत रहेछ । मैले मेरा घरबेटीहरूबाट सिकेको पाठ पनि यही हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच