शेख हसिनाको शासनको यति चाँडै पतन हुनेछ भनेर इण्डियाले सोचेकै थिएन, जसरी उनको पिता शेख मुजीबुर्ररहमानको हत्या सेनाले गर्छ भनी इण्डियाले सोचेको थिएन । पिता-पुत्री इण्डियाको यति निकट थिए अर्को शब्दमा भन्नुपर्दा इण्डियाको परम भक्त तर उनीहरूको रक्षा इण्डियाले गर्न सकेन । उसको रअ पनि यहाँ असफल भयो । कुनै देश वा देशहरूको आज्ञापालक भएर शासन गर्दा एक दिन के हविगत हुन्छ नेपालका शासकवर्गले सोच्नुपर्छ । सधैं विदेशी शक्तिको आशीर्वाद तथा कृपादृष्टिले काम गर्दैन, जनता जागे । जनता सितिमिति जाग्दैनन्, जागेपछि त्यसलाई चरम दमन गरेर रोक्न सकिँदैन । शेख हसिनाले पनि आन्दोलन दबाउन कठोरतम बाटो समातेकी थिइन् तर सेनाले साथ दिएन । जसरी नेपालमा सेनाले राजालाई साथ दिएको थिएन् ।
यस्ता धेरै उदाहरण छन् संसारमा जहाँ महाशक्ति ठान्ने अमेरिकाको वरदहस्त भएका शासक पनि एकदिन देश छोडेर भाग्नुपरेको छ । नभागेको केवल हाम्रा राजामात्र हुन्, किनकि उनी निर्दोष र देशभक्त छन् । बंगलादेशको मुक्ति आन्दोलनमा जब इण्डियन सेना पूर्वी पाकिस्तानमा गएर पाकिस्तानी सेनाविरुद्ध युद्धरत भयो र पाकिस्तानी सेना पराजयतिर जान लागे तब पाकिस्तानका राष्ट्रपति याहिया खानले उनको मालिक अमेरिका र हितैषी चीनसँग गुहार मागे तब उनीहरूले उनलाई साथ दिएनन् । अमेरिकाले त प्रयास गरेको थियो तर इण्डियासँग सोवियत संघ पनि सँगै भएकाले सकेन । इरानका बादशाह शाह पहलवी अमेरिकाको कृपादृष्टि प्राप्त शासक थिए तर जब सन् १९७९ मा आयातुल्ला रुहल्ला खुमेनीको नेतृत्वमा जनता आन्दोलनमा उत्रे सुरु भयो इरानी जनताको सहभागितामा इस्लामी विद्रोह ।
हसिना सत्तामा हुँदा इण्डियाले उनको प्रयोगमात्र गरिरहृयो । अहिले केही समयका लागि मात्र शरण दिएको छ । उनलाई घुमाउरो पारामा अन्यत्र शरण माग्न संकेत गरिसकेको छ, किनकि बंगलादेशसँग आगामी दिनमा मिलेर उसले काम गर्नुछ ।
शाह शासनको पतनको अन्तिम बेला अमेरिकाले शाहको बिन्तीको अगाडि कृपादृष्टि दिन अग्रसर भएन र इरानमा इस्लामी विद्रोह सफल भयो । फिलिपिन्सको स्वेच्छाचारी शासक फार्दिनाण्ड मार्कोस अमेरिकाको पिठ्यु थिए । अमेरिकाको अतिप्रिय दासलाई पनि विद्रोह चरम बेलामा पुगेका बेला अमेरिकाले बचाउन सकेन । मार्कोस देश छोडेर भाग्नुपर्यो । इतिहास साक्षी छ, जुन शक्ति वा शक्तिहरूलाई मालिक ठानेर शासन जहाँ-जहाँ शासकहरूले गरेका छन्, उनीहरूको शासनको अन्तिम बेला उनका मालिकहरू उनलाई बचाउन आएनन् ।
मालिकहरूले आफ्ना दासमार्फत आफ्नो स्वार्थ सिद्धि गर्नेमात्र हुन् । शेख हसिनाले यो कुरा बुझ्न सकिनन्, उनी इण्डियामाथि निर्भर रहिन् ।
उनी सत्तामा हुँदा इण्डियाले उनको प्रयोग मात्र गरिरहृयो । अहिले केही समयका लागि मात्र शरण दिएको छ । उनलाई घुमाउरो पारामा अन्यत्र शरण माग्न संकेत गरिसकेको छ, किनकि बंगलादेशसँग आगामी दिनमा मिलेर उसले काम गर्नुछ । यदि बंगलादेशसँग सम्बन्ध सुधार नगरे आगामी दिनमा अमेरिका र युरोपियन युनियन मिलेर नर्थ इण्ट इण्डियामा विद्रोह गराई त्यहाँका राज्यहरूलाई स्वतन्त्र पार्ने खतरा छ । अब निकट दिनहरूमा अमेरिकाले शेख हसिनासँग बंगलादेशसँग आफ्नो सैनिक बेस क्याम्प राख्न त्यो पनि इण्डियाको नजिक, मागेको थियो जसलाई उनले अस्वीकार गरेकी थिइन्, सैनिक बेस क्याम्प राख्न सफल हुने सम्भावना छ । यो र चीनसँगको उनको सुमधुर सम्बन्धका कारणले अमेरिकाले शेख हसिनालाई सत्याच्यूत गर्न अगाडि बढ्यो ।
नत्र विद्यार्थीहरूको आरक्षणविरोधी मागलाई त्यहाँको सर्वोच्च अदालतले स्थापित गरिसकेको थियो । विद्यार्थी नेताहरूका बीचमा अमेरिकाले खेल्न पायो जसको कारण दुईजना शीर्ष विद्यार्थी नेता अहिले मन्त्रिमण्डलमा समावेश भएका छन् । उनीहरूमार्फत् आफ्नो मान्छे मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउन अमेरिका सफल भयो । अमेरिकाले बंगलादेश, म्यानमार र इण्डियाको केही भूभाग मिलाएर ख्रिष्टान राष्ट्र बनाउन खोजेको थियो जसलाई शेख हसिनाले अस्वीकार गरेकी थिइन् । बंगलादेशमा आधा प्रतिशत मात्र ख्रिष्टान छन् । ख्रिष्टान राष्ट्र इण्डिया केन्द्रित थियो किनकि नर्थ इक्ष्ट इण्डियामा ख्रिष्टानहरूको संख्या उल्लेखयोग्य छ ।
विद्यार्थी आन्दोलनले शेख हसिनाको सत्ता गएको होइन, सत्ता गएको हो अमेरिकी चाहना र बंगलादेशी सेनाका कारण किनकि त्यहाँको सेनाले आन्दोलन शान्त पार्न शेख हसिनालाई असहयोग गरेको थियो । जसरी नेपालमा गणतन्त्र इण्डो पश्चिमा शक्तिको डिजाइनमा आए तापनि सेना र राजाको वरिपरि घेरा हाली बस्नेहरूकै कारणले आएको हो । अहिले पनि राजावादीको आवरणमा विभिन्न दल, संघसंगठन र दरबारभित्रका मानिसहरू राजालाई दलाई लामा बनाउन उद्यत् छन् ।
हसिनाको पार्टी अवामी लिगका चाटुकार र तेल मर्दन गर्ने नेताहरूले उनलाई कसैले ‘मौं त धेरैले लौह मानवी’ को उपाधि दिएका थिए तर अन्तिम बेला उनीहरू पनि दुलाभित्र पसे । हाम्रा बा, दाइभाउजू र अध्यक्ष कमरेडले पनि यो कुरा बुझ्नुपर्छ । पतनको अन्तिम क्षण उनीहरू नजिक कोही पनि हुने छैनन् । शेख हसिनाले चाटुकार र तेलमर्दनकारीहरू घेराबन्दीमा यो कुरा बुझ्न सकिनन् कि सत्तामा धमिरा लागिसकेको छ । सबैले उनलाई गलत सूचना र आश्वासन दिएर भुलाइरहे तर अन्तिम क्षणमा अन्तध्र्यान भए । उनलाई आफ्नो पतनको छनक मिल्थ्यो भने आन्दोलन शान्त गर्न केही न केही गर्ने थिइन् तर चाटुकारहरू र उनको परम आस्थाको केन्द्र इण्डियाले पनि उनलाई कुनै पूर्वसंकेत दिएन् ।
सत्ताको कालो चस्माले बाहिरका घटनाहरूलाई दृष्टिगोचर गर्न सक्दैन । उनी आफ्नो चाटुकारहरूबाट यसरी घेरिएकी थिइन् कि आसन्न संकटबारे केही अनुमान गर्न सकिनन् । जब सर्वनास चारैतिरबाट घनीभूत भएर आउँछ मानिस एकपछि अर्को भुल गर्दै जान्छ, त्यो हसिनाले गरिन् । विद्यार्थी आन्दोलन एक्कासि भएको होइन, हसिना शासन कालको पन्ध्र वर्षदेखिको सुषुप्त ज्वालामुखीको विष्फोट थियो त्यो । कुनै दिन नेपालमा पनि यो सुषुप्त ज्वालामुखीको भीषण विष्फोट हुने सम्भावना छ । कुन नेता कता भाग्ने हुन् थाहा छैन । शेख हसिना भाग्दा दुई सुटकेस सामान लिएर आएकी थिइन् इण्डिया । गाजियावाद सैनिक क्याम्पमा आएपछि उनले आफू र बहिनी शेख रेहानाका लागि तीस हजारका लुगा किनिन् ।
बंगलादेशमा भएको साढे तीन करोड टाका जुन उनले गत चुनाव लड्दा सम्पत्ति विवरणमा उक्त रकम बैंकमा भएको देखाएकी थिइन् त्यो पनि ल्याउन पाइनन् । तीनवटा डेढ-डेढ करोडभन्दा बढी पर्ने बंगला त्यागेर भाग्नुपर्यो । अब त त्यहाँको सरकारले त्यसलाई जफत गरिसक्यो । विदेशमा जम्मा भएको रकम मात्र अब उनका लागि काममा आउनेछ । उनका छोरा अमेरिकामा छन् । हाम्रा नेताहरूको पनि त्यही अवस्था नहोला भन्न सकिँदैन तर यिनीहरूको पैसा स्वीस बैंक, भर्जिन आइल्याण्ड र अमेरिकामा छ । तर, नेपालमा रहेको पैसा र सम्पत्ति तथा लगानी डुब्नेछ । सेनाले हसिनालाई आफ्नो पाँच मिनेटेको देशवासीको नाममा सम्बोधन पनि गर्न नदिएर पैंतालीस मिनेटमा देश छोड्न भनेको थियो । सेनाप्रमुख अमेरिकी खेमाका भएकाले उनले सहयोग पाइनन् ।
शेख मुजीबुर्र रहमान मारिनु पनि सत्तामा गएपछि उनले गरेको भ्रष्टाचार र इण्डियाको गुलामी प्रमुख कारण थियो । बंगलादेशी जनता शासक इण्डियाको गुलाम भएको सहन सक्दैनन् । उनीहरू नेपाली जस्ता होइनन् । बंगलादेशी समाचारपत्र प्रतिदिनका सम्पादक नइम निजामले आफ्नो प्रत्येक लेखाइमा शेख हसिनालाई यी चाटुकार र तेलमर्दनकारीहरूबाट सावधान रहन सुझाव दिइरहन्थे तर उनले सुनिनन् । तथापि, त्यहाँका नाम चलेका अन्य पत्रकारहरूले हसिनाको संवाददाता सम्मेलनहरूमा उनीहरूको शब्दकोषमा भएको चाकडीका जति शब्दहरू छन् सबै प्रयोग गरेर उनलाई आत्मसन्तुष्टिका साथै गुमराह गरिरहेका थिए ।
आन्दोलन चर्कँदै गएपछि पनि मुलुकलाई माया गर्ने व्यक्तिहरूले उनको आलोचनाको माध्यमबाट समस्या समाधानको उपाय पनि सुझाएका थिए तर उनले यसलाई टेरपुच्छर लगाइनन् । चाटुकार तथा तेल मर्दनकारीहरूको कुरामा उनी आश्वस्त थिइन् । सन् १९७८ को एशियन फुटबल टुर्नामेन्टमा बंगलादेशको लज्जाजनक पराजयपछि एकजना खेल पत्रकारले खेलाडीलार्ई भनेका थिए, ‘केवल खुट्टाले खेलेर हुँदैन, शिरले पनि खेल्नुपर्छ ।’ खेलाडीले जवाफ दिए, ‘बललाई हेड त गरेको थिएँ ।’ उसले शिरले खेल्नुपर्छ शब्दको अर्थ बुझेनन् । पत्रकारले दिमाग लगाएर खेल्नुपर्छ भनेकोमा उसले आफूले बललाई हेड पनि गरेको भनेर बुझे । के उनको पतनमा शेख हसिनाको मात्र गल्ती थियो र ?
आन्दोलन चरम उत्कर्षमा पुगेपछि अवामी लिगका महासचिव ओबायदुल कादेरले आन्दोलनलाई हिंसातिर धकेल्न सुझाव दिएका थिए ।
उनले आन्दोलन दबाउन अवामी लिगको विद्यार्थी संगठन छात्र लिग नै पर्याप्त छ भनेर हसिनालाई सुझाव दिएका थिए । त्यसपछि हसिनाले आन्दोलनको कडा प्रतिकार गर्न छात्र लिग र युवा लिगलाई आदेश दिइन् । छात्र लिगका विद्यार्थीहरू र युवा लिगका कार्यकर्ताहरू आन्दोलनको प्रतिकारमा सडकमा उत्रेपछि आन्दोलन झन चर्कियो जुन परिणाम अगाडि छ । सत्ताभन्दा बढी दमन गर्न छात्र लिगका विद्यार्थीहरू र युवा लिगका कार्यकर्ता हातमा लट्ठी र हतियार आदि लिएर सडकमा निस्केका थिए, जसले आन्दोलनको पेट्रोलमा सलाई कोर्ने काम भयो ।
इण्डियामाथि निर्भर शेख हसिनाले पछिल्लो समयमा चीनसँग पनि सम्बन्धमा चिसोपन ल्याइकी थिइन् । गत जुलाईको ७ तारिखमा उनले चीनको भ्रमण गरेकी थिइन् तर त्यसको निष्कर्ष राम्रो निस्केन । अमेरिकालाई एयर बेस क्याम्प र एउटा ख्रिष्टान मुलुक बनाउने भूभाग नदिएर अमेरिकासँग पनि शत्रुता बढाएकी थिइन् ।
प्रहरी, छात्रलिग र युवा लिगका कार्यकर्ताहरूको दमनले पनि आन्दोलन रोकिएन बरू झन चर्कियो । दमन तथा सयौंको संख्यामा हत्याले सत्ता टिक्दैन भन्ने कुरा शासक वर्गले बुझ्नुपर्छ । विद्यार्थी आन्दोलनभित्र अमेरिका पसेर विद्यार्थी र सेनालाई आफ्नो पक्षमा लियो, जसरी नेपालमा अमेरिका र इण्डियाले सेनालाई आफ्नो पक्षमा पारेर गणतन्त्र ल्याउन सफल भएको थियो । आन्दोलनमा एनजिओ र आइएनजिओहरूको पनि महत्वपूर्ण भूमिका थियो, नेपालमा जस्तै । हसिनाले पर्दापछाडिका खेलाडी को को हुन् भनेर बुझ्न सकिनन् । हाम्रा शासक वर्गले शासक भ्रष्ट तथा विदेशीको गुलाम भए के हुन्छ भनेर हसिनालाई हेरे पुग्छ ।
पाकिस्तानमा इमरान खानले रुसलाई सहयोग गर्ने वाचा गर्दै मस्को गएपछि अमेरिका उनलाई सत्ताच्यूत गराएर जेलमा हाल्न सफल भयो । त्यहाँ पनि उसले सेना र अदालतलाई आफ्नो पक्षमा पार्न सफल भयो । श्रीलंकामा तमिल विद्रोहलाई समाप्त पार्ने राष्ट्रपति महेन्द्र राजापाक्षेले बिआरआई भित्र्याए तर एमसिसी लागु गर्न नदिँदा र विदेशी बिउ र मल आयातमा रोक लगाउँदै मौलिक, परम्परागत अर्गानिक खेती प्रणाली लागू गरेपछि अमेरिका क्रुद्ध भयो । कोरोनाले गर्दा देशको अर्थतन्त्र बिग्रेकोे कारणले श्रीलंकामा आन्दोलन सुरु भयो । अमेरिकाले आन्दोलनकारीलाई साथ दिँदै महेन्द्र राजापाक्षलाई सत्ताच्यूत गरी भाग्न बाध्य पार्यो । त्यहाँ पनि अमेरिकाले सेना र प्रहरीलाई आफ्नो पक्षमा पारेर राजापाक्षेलाई सहयोग गर्नबाट रोक्यो ।
इण्डियामाथि निर्भर शील शेख हसिनाले पछिल्लो समयमा चीनसँग पनि सम्बन्धमा चिसोपन ल्याइकी थिइन् । गत जुलाईको ७ तारिखमा उनले चीनको भ्रमण गरेकी थिइन् तर त्यसको निष्कर्ष राम्रो निस्केन । अमेरिकालाई एयर बेस क्याम्प र एउटा ख्रिष्टान मुलुक बनाउने भूभाग नदिएर अमेरिकासँग शत्रुता बढाएकी थिइन् । अमेरिकाको पिछलग्गु इयु पनि उनीविरोधी भयो । उनले अमेरिकाको नाजायज मागको विरोध देशको हितमा गरेकी थिइन् तर त्यहाँका जनताले यसलाई बुझ्न सकेनन् । भोलिका दिनमा अमेरिका आफ्नो योजनामा सफल भए बंगलादेशीहरू पछुताउनेछन् तर हाम्रा नेता त सत्ताको लागि जस्तोसुकै राष्ट्रघात गर्न तम्तयार बसेका हुन्छन् । भ्रष्टाचार त उनीहरूका नसा नसामा छ ।
इण्डिया, अमेरिका, इयु हाम्रा शासकवर्गको संरक्षक भए तापनि छिमेकी चीन र रूस अहिलेको शासनदेखि खुशी छैनन् । बीआरआई कार्यान्वयन गर्न कांग्रेस बाधक छ भने एमालेको दुईजिब्रे नीति छ । एमसिसी पास गर्न समय लागेन, सर्वसम्मत भयो, सोफा र एसएसपी भित्र्याउन तयार छन् तर बिआरआईमा यिनीहरूलाई काउसो बिझेको छ । रुसले पन्ध्रवटा शीर्षकमा सहयोग गर्न चाहेको थियो । त्यसलाई पनि अमेरिकाको डरले स्वीकार गरेनन् । भोलि यहाँ जनता जागेर तुमुल आन्दोलन गरे अमेरिका, इयु र इण्डियाले मात्र यी नेताहरूलाई बचाउन सक्लान् र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच