काठमाडौं । आजभोलि चिया धेरै मानिसको लत भएको छ । साथीभाइ भेट्दा होस् या कुनै जमघटमा होस् चिया अनिवार्य जस्तै बन्ने गरेको छ । बालबालिकादेखि बुढापाकासम्मले चियालाई रुचाएको पाइन्छ । अझ बिहान उठेर चिया नखाएसम्म दिनको सुरुवात भएजस्तो लाग्दैन ।
कतिपय मानिसहरू दिनभरिमा दसौँ कप चिया पिउने गरेको पनि पाइन्छ भने कतिपयले चिया पिउन नपाएकै कारण टाउको दुखेको या त फेरि फ्रेस नभएको गुनासो समेत गर्ने गरेका छन् ।तर, दिनमा १–२ कप बाहेक बढी चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।
धेरै जनाले एक पटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। जुन बिलकुल गलत बानी हो ।चियाका केही लाभदायक पाटा पनि छन् । परन्तु चियाका केही हानी छन्। धेरै चिया सेवन गरेमा यसले शरीरमा धेरै किसिमको समस्या निम्तिन सक्छ।
चिया दोस्रो पटक तताएर पिउँदाका बेफाइदाहरू
– एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्।
– चिया पकाएर धेरै समय राख्दा यसको रङ पनि कडा हुने तथा यसमा रहेको पोषकतत्व नष्ट हुने बताइन्छ । पुनः तताएर पिउने बानीले चियामा हुने निकोटिनले स्वास्थ्यमा असर गर्ने बताइन्छ ।
– चिया बनाएको १५ देखि २० मिनेटभित्रै खाइहाल्नुपर्छ । धेरै बेरसम्म चिया राखिरहँदा त्यसमा रहेको पोषक तत्त्व हराएर जान्छ । र दोस्रो पटक तातो बनाएको चियामा हुने निकोटिनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । साथै, यसले पाचन प्रक्रियालाई पनि बिगार्ने गर्छ ।
– एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन् । त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुस् बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच