झापा । भरुवा बन्दुक, चाँदीका सिक्री तथा पाउजु र केही रिचार्ड कार्डसहित प्रहरीले झापाको अर्जुनधाराबाट तीनजना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका ४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ छन् । शुक्रबार राति अर्जुनधारा ७ मिलडाँडामा स्थानीय इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा चोरी भएपछि उनीहरू प्रहरीको निगरानीना परेका थिए ।
निगरानी बढाएको प्रहरीले उनीहरूलाई अर्जुनधारा ४ देवानचोकबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी शनिश्चरेका सइ होमप्रसाद खनालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।देवानचोकमा बस्ने उनीहरू शंकास्पद अवस्थामा पक्राउ परेका थिए । सोही टोलीले छिरिङको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीले उनीहरूको साथबाट चाँदीको ३ थान सिक्री, दुईथान औँठी, दुई थान पाउजु, नेपाल टेलिकमको ५० दरको १९ थान र एनसेलको ५ थान रिचार्ज कार्ड बरामद गरेको छ । चाँदीका गरगहना इन्दिराको भएको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले बन्दुक राख्नुको कारण खुल्न सकेको छैन । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच