काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । दोस्रो चरण अन्तर्गत प्रहरी वृत्त कीर्तिपुरको आयोजना र डिएसपी भुवनेश्वर साहको विशेष पहलमा दोस्रो चरणअन्तर्गतको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस प्रहरी वृत्त कीर्तिपुरको आयोजनामा नवनिर्मित कार्यालय तथा ब्यारेक भवन परिसरमा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरिएको थियो ।
पहिलो चरणको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने क्रममा आइतबार पनि दोस्रो चरणको वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा एभोकाडो, अमला, मसला, अनार, निम लगायतका अन्य बिरुवाहरू रोपिएका थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रनाउ पवनकुमार भट्टराई, प्रनाउ दिपेश बस्याल, प्रनाउ निर्मल पनेरु, नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रनाउ मदनजित महरा, एवं अन्य प्रहरी अधिकृत, किर्तिपुर मेयर उपमेयरसहित विशिष्ट सम्मानित ब्यक्तिहरूको उपस्थितिमा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
डिएसपी साहका अनुसार विशिष्ट सम्मानित ब्यक्तिहरूले करिब दुइसय बराबरको फलफूल रअन्य बोटबिरुवा वृक्षरोपण गर्नुभएको थियो । किर्तिपुर नगरी हराभरा बनाउने उद्देश्यले यो अभियानको शुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच